तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका शुक्र चुमानको चुनावी प्रतिबद्धता सार्वजनिक भएको छ ।
प्रतिबद्धता
आँबुखैरेनी गाउँपालिकाको निर्वाचनको मुखैमा ने.क.पा.(माओवादी केन्द्र) को चुनावी प्रतिबद्धता पत्र हजुरहरुको हातमा पर्ने बित्तिकै यो केवल लेख्ने र सुनाउने कुरा मात्र त हो भन्ने भाव हजुरहरुको मनमा पैदा भयो होला, जुन स्वाभाविक पनि छ । हालसम्मको अनेकौ चुनावमा विभिन्न नामधारी पार्टिहरुले अनेकौँ आश्वासन पत्रहरु ल्याए र विलाए ।
यसर्थ यो निर्वाचनमाम हामिले यो प्रतिबद्धता जाहेर गरेका छौँ कि यो चुनावी घोषणापत्र केवल घोषणा गरि हजुरहरुको अमूल्य मत चोर्न वा हत्याउनका लागि मात्र होईन, कार्यान्वयनको लागि ल्याईएको ग्यारेण्टी पत्र हो । हामि निर्वाचित हुँदा यस पालिकामा कम्तीमा यी कामहरु हामि उम्मेद्वारहरुले सम्पन्न गर्ने भनि यो प्रतिबद्धता पत्र पेश गर्दछौँ ।
सर्वप्रथम त पालिकामा निर्वाचनमा सम्पुर्ण पार्टीहरु वा स्वतन्त्र व्यक्तित्वहरुले पेश गर्नुभएको आँबुखैरेनी विकासको मोडलको हाम िस्वामित्व लिँदै कार्यान्वयनको प्रतिबद्धता व्यक्त गर्दछौँ । साथै उहाँहरुलाई पालिकाको अवैतनिक सल्लाहकारको रुपमा सम्मान गर्दै हरेक महिना कम्तीमा एकपटक बैठक बसी विकासको प्रवाहमा सहभागी गराउनेछौँ ।
शिक्षा :
कक्षा १ देखि १२ सम्मको शिक्षाको सम्पुर्ण अधिकार पालिकालाई आएको सन्दर्भमा हाम्रो आँबुखैरेनी गाउँपालिका भित्रको सरकारी विद्यालयको शिक्षाको आँकडा दयनिय देखिन्छ ।
जम्मा विद्यालय सँख्या ः ३७ वटा, ० – १० भन्दा कम, १० – ३० भन्दा कम विद्यार्थि भएको विद्यालय १३, ३०–५० देखि ६,
जम्मा मा.वि.–६ वटा (मा.वि.विहिन वडा–वडा नं. २ र वडा नं. ५)
रामशाह मा.वि.र मित्रता मा.वि.बाहेक ४ मा.वि. २०० भन्दा कम विद्यार्थी ।
माथिको आँकडा केलाएर हेर्दा हाम्रो विद्यालय शिक्षाको अवस्था दयनिय देखिन्छ । मूलभुतम रुपमा बजार क्षेत्रको केहि विद्याल बाहेक घट्दो विद्यार्थीको सँख्या, जिर्ण भवन, अपर्याप्त विषयगत दरबन्दी, रोजगार र सुविधाको खोजीमा खाली हुँदै गएको गाउँ हेरेर यो भन्न सकिन्छ कि अधिकांश हाम्रो स्कुलहरु बन्द हुने अवस्थामा छन् ।
आउनुहोस् यो ग्यारेण्टी गरौँ हामी हाम्रो कार्यकालमा सरकारी विद्यालयलाई नमुना विद्यालय बनाउँछौँ ।
यसका लागि निम्न काम आवश्यक छ :
हरेक विद्यालयको कक्षाकोठामा अअतख क्यामेरा र धष्।ाष्। जडान गरि विद्यालय सँचालनको अनुगमनको व्यवस्था पालिकाको शिक्षा शाखाबाट नै गर्न सकिने बनाउने ।
विषयगत दरबन्दीको व्यवस्था, ल्याब, गुणस्तरीय विद्यालय भवन, विशान प्रयोगशाला आदिको व्यवस्था गर्ने ।
हाल मा.वि.तह सँचालन नभएको २ र ५ नं. वडाको क्रमश अकला आ.वि – मार्किचोक र इन्द्रदेवी आ.वि.लाई पहिलो वर्षमा नै मा.वि.तह सँचालनमा ल्याउने ।
ग्रामिण भेगमा भएको मा.वि.हरु क्रमशः कन्यादेवी मा.वि.–हिलेखर्क, लक्ष्मी मा.वि.–प्युघर, सानोभञ्ज्याङ आदि क्षेत्रमा छात्रावास सहितको विद्यालय सँचालनमा ल्याउने ।
हरेक वर्ष १ ःद्यद्यक्, १ एज्म्र १ द्यक्ऋ ब्९ जस्ता क्षेत्रमा विद्यार्थिहरुलाई छात्रबृत्ति उपलब्ध गराउने ।
आँबुखैरेनी क्याम्पसमा द्यद्यब्, लयात को ाबअगतिथ थप्ने, डिग्री अबिकक पहिलो वर्षमा नै थप्ने ।
निश्कर्ष ः गरिब आमा बाबाहरुको आफ्नो सन्तान लाई गुणस्तरीय शिक्षा दिन गाउँको
घरमा ढोका लगाएर वा बुढाबुढि बाजे बजै लाई एक्लै छाडेर ….
स्वास्थ्य :
एक गाउँपालिका एक २५ शैयाको अस्पताल नारामा मात्र सिमित हुँदा आँबुखैरेनीवासीहरु सामान्य स्वास्थ्य उपचारको निम्ति पनि चितवन, काठमाण्डौका अस्पतालहरु धाउन बाध्य छन् । संघ तथा प्रदेश सरकारले सहयोगमा अस्पताल निर्माण गर्ने नीति हुँदाहुँदै पनि यो ५ वर्षमा सपिङ कम्प्लेक्सको भवन ठडिदै गर्दा अस्पताल कता हरायो ? यसको गम्भिर समीक्षा गर्नुपर्ने बेला आएको छ ।
निर्वाचित भएको पहिलो वर्षमा नै एक विशेषज्ञ सहित अस्पताल सँचालन गर्ने ।
सुविधासम्पन्न अस्पताल भवन निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउने ।
अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) मेशिन खरिद गरि आवश्यक जनशक्तिको व्यवस्था गरि तत्काल सेवा सँचालन गर्ने ।
५० वर्ष भन्दा वढि उमेरका नागरिकहरुको विवरण मोबाइल एप मा सुचीकृत गरि हरेक महिना टोल क्लिनीक सँचालन गरि स्वास्थ्य जाँच अपडेट गराउने । स्वास्थ्यमा कुनै समस्या देखिएका नागरिकको गाउँपालिकाद्धारा निशुल्क एम्बुलेन्स सेवा प्रदान गरि तत्काल अस्पताल लैजाने व्यवस्था मिलाउने ।
छिमेकी पालिकाहरुसँग समन्वय गरि कम्तीमा एकजना फरक फरक स्वास्थ्य विशेषज्ञको व्ययभार व्यहोर्ने गरि पालिकामा हरेक हप्ता विशेषज्ञ डाक्टरद्धारा सेवा सँचालनको व्यवस्था मिलाउने ।
दिर्घरोगी, निरपेक्ष गरिबीको रेखामुनि रहेका वर्गहरुको स्वास्थ्य उपचारमा कार्यपालिकाले आवश्यक कार्यविधि बनाई स्वास्थ्य उपचारको व्यवस्था मिलाउने ।
गर्भवती महिलाहरुको निशुल्क स्वास्थ्य जाँच र एम्बुलेन्स सेवा प्रदान गर्ने ।
रोजगार :
रोजगारीको अवसर खोज्दै उर्जाशील यूवाशक्ति विदेशीँदा आँबुखैरेनी गाउँपालिकाका अधिकाँश वस्तीहरु यूवाविहिन भएको छ । गाउँपालिका सरकारले यूवाहरुलाई स्वदेशमै रोजगारी दिने सवालमा तत्कालै कदम चाल्न अनिवार्य बनेको छ ।
हरेक वडामा श्रम सहकारी गठन गरि पालिकाबाट सँचालित पुँजीगत विकासका बजेट कार्यक्रमहरु सोहि सहकारीमार्फत सँचालन गरि स्थानीय यूवा जनशक्ति, स्रोत साधनको अत्यधिक परिचालन गरि रोजगारीको व्यवस्था मिलाउने ।
विभिन्न वित्तिय सँस्थाहरुसँग समन्वय गरि गाउँपालिकाको जमानीमा विना द्यितो न्यूनतम ब्याजदरमा लोन उपलब्ध गराई यूवाहरुलाई स्वरोजगार हुन सहयोग गर्ने ।
बैदेशिक रोजगारीमा जान चाहने यूवाहरुलाई तालिम सँचालन गरी दक्षता हाँसिल गर्न सहयोग पुर्याउने ।
तालिमप्राप्त जनशक्तिलाई देशैभरिका पालिका, संघ, सँस्था, निर्माण कम्पनी आदिमा नियुक्त गर्नको लागि आवश्यक समन्वय गर्ने ।
सडक तथा पुर्वाधार :
माननीय हरि बहादुर चुमानको पहलमा कालोपत्रे सँचालित भएका आँबुखैरेनी– छिम्केश्वरी सडकखण्ड, बरादी–गिरानचौर–हिलेखर्क सडकखण्ड तथा संघ तथा प्रदेश सरकारसँग समपुरकमा सँचालित सडकखण्डहरुलाई पुरा गराई थप विस्तार गर्न आवश्यक बजेट विनियोजन गर्ने तथा संघ तथा प्रदेश सरकारसँग समन्वय गर्ने ।
मार्किचोक – हिलेखर्क सडक खण्ड, मार्किचोक – पौवा खोलागाउँ सडकखण्ड, पावर हाउस– भाँगे सडक खण्ड, बसपार्क – लिउत – अदुवाखर्क सडकखण्ड, ढकालटार–खानीखोला–ढापटार मिलनटार रिङ्गरोड, लाब्दी– भुकण्डी सानोभञ्याङ– घुमाउने सडकखण्ड, लाब्दीखोला– डिहिखेत– रतनपुर सडकखण्ड, हिलेखर्क– खौली– सेप्राङ्ग प्युघर सडकखण्ड, अदुवाखर्क –कोटगाउँ– कपन खोला सडकखण्ड, हिलेखर्क– चिउरीबास –डाडाँ गाउँ हुँदै रतनपुर सडकखण्ड, जालभञ्याङ्ग – पुर्लुङ हुदै बाह्रबिसे हुँदै बुद्धसिं जोड्ने सडकमार्ग, हिलेखर्क–ढेडेगाउँ छापसरा सडकखण्ड, मार्किचोक– तिलबारी रिङ्गरोड, सत्रसय जोगीटार सडकखण्ड, काफलडाँडा– लोप्राङ्ग सडकखण्ड लगायतका सडकखण्ड प्राथमिकताका आधारमा स्तरोन्नती तथा कालोपत्रे गर्ने ।
प्रदेश सरकारद्धारा डि.पि.आर सम्पन्न हुन गईरहेको पुलजिप–घुमाउने मोटर मार्ग तत्काल बजेट विनियोजन गरि काम अगाडी बढाउन संघ तथा प्रदेश सरकारसँग आवश्यक पहल गर्ने र पहिलो कार्यकालमै स्तरीय सडक निर्माण गर्ने
ढाडबारी – खोलागाउँ सडकमार्ग, बरालुङ्ग खाल्टेपानी, भागे–घ्याङसिं ।
पर्यटनः
गिरानचौर, हिलेखर्क, घयांसिङ, लोप्राङ्ग, अदुवाखर्क, रतनपुर, लाब्दी, बरालुङ्गगाउँ जस्ता बस्तीहरुलाई नमुना बस्तीको रुपमा छनोट गरि एकै किसिमका रङ्गका छाना, भित्ताहरुमा सोही जातीहरुको संस्कृति झल्किने चित्रकला, स्थानिय ढङ्गबाट चिटीएका पैदल मार्गको व्यवस्था मिलाई होमस्टे संचालन गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने ।
विभिन्न साहसिक खेलहरु (रक क्लाइम्बिङ्ग, स्वीङ, जिपलाइन, बन्जी, र्याफ्टीङ्ग) आदीको संभावना अध्ययन गरी, खेल संचालन गरि अत्याधिक मात्रामा पर्यटकहरु भित्र्याउने ।
विभिन्न जातजातीहरुको संस्कृति झल्कने गरि सांस्कृतिक संग्रहालयहरु निमार्ण गरि लापोन्मुख संस्कृतिहरुको संरक्षण र संवद्र्धन गरिनेछ ।
माननिय हरि बहादुर चुमानको पहलमा समस्तीपुरमा निर्माण भएको नेपालकै सबैभन्दा अग्लो झोलुङ्गेपुललाई केन्द्र मानी आवश्यक पर्यटन पुर्वाधार निर्माण गर्ने ।
छिम्केश्वरी, अकला मन्दिर, आँधिमुल मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्ने गरी हरेक वर्ष महोत्सव मार्फत प्रवद्र्धन गर्ने ।
चर्च, मस्जिद, गुम्बा जस्ता मानिसहरुको आस्थासँग जोडिएको क्षेत्रहरुको कलात्मक विकासको लागी आवश्यक बजेट उपलब्ध गराई धार्मिक समानताको अनुभुती गराइनेछ ।
सुशासन/सेवा प्रवाहः
सामाजिक सुरक्षा भत्ता भष्ट्रचार, विकास बजेटको दुरुपयोग, भुकम्प पिडितको राहत तथा रकम अनियमितताको निश्पक्ष छानविन गरि कारबाहीको दायरामा ल्याइनेछ ।
नागरिकको अत्यावश्यक सेवा प्रवाहका कामहरुलाई नागरिकता, व्यक्तिगत घटनादर्ता, सामाजिक सुरक्षा ।
लागुऔषध दुव्र्यसनी अन्त्यः
सुरक्षा निकायको समन्वयमा लागु औषध बिक्रिवितरण तथा ओसारपोसारको विरुद्ध सशक्त कदम चालिनेछ ।
विद्यालय, क्लब तथा संघसंस्थाहरुको सहयोगमा लागुऔषध विरुद्धको जनचेतनामुलक कार्यक्रमहरु अगाडी ल्याईनेछ ।
लागुऔषध दुव्र्यसनीलाई दुव्र्यसनबाट मुक्त गर्न विभिन्न सिपविकास कार्यक्रम संचालन गर्ने, मनोपरामर्श सेवा संचालन गर्ने ।
प्रशासकिय विभाजनः
विकट भौगोलिक अवस्थिति, विकेन्द्रित बस्ति, पुरानो गा.वि.स लाई एकमुष्ट ढंगबाट वडामा परिणत गरिनु कारणले आज धेरै वडा बासीलाई आज वडा कार्यालय सम्म पुग्नु पनि निकै कठिन बन्न पुगेको छ । हिलेखर्कमा कार्यालय हुदाँ प्युघर बासीलाई, भाँगे बासीलाई वेनिटार, छिम्केश्वरी बासिलाई सानोभञ्याङ्ग निकै कठिन बन्न पुगेको छ । यसको सामाधान वडाहरुको पुर्न संरचनाबाट वडा संस्था थप गरि भेग, बस्ति र पायक पर्ने स्थानमा सहजै जनताको पहलमा ल्याइनेछ ।
भुमिः
गाउँपालिकामा एक भुमि बैंकको स्थापना गरि सम्पुर्ण बाझो जमिनलाई लगत भित्र ल्याइनेछ । पशु, कृषि तथा उद्यम गर्न चाहनेहरुलाई लिज सहमति गराईनेछ ।
निर्वाचित भएको पहिलो महिनामै भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासी जमिनको निस्सा उपलब्ध गराइने छ । भुमी आयोग सँग समन्वयमा पहिलो तिन महिना मै लालपुर्जा जनताको घर दैलोमा नै पुर्याई भुमि सम्बन्धि समस्याको दीर्घकालिन समाधान गरिनेछ ।
खेलकुदः
खेलकुद विकास समिती गठन गरि स्थानिय क्लव, खेलाडीलाई योजनाबद्ध विकासमा अघि बढाउने ।
आँबुखैरेनीमा क्ष्लमययचक न्बmभ को लागी कभर्ड हल निर्माण गर्ने ।
आँबुखैरेनी एक वडा एक खेलमैदान संरक्षण कार्यक्रम अघि बढाउने ।
कृषि/पशु/सहकारी/वन :
उत्पादनमा आधारीत अनुदानको व्यवस्था मिलाई कागजको आधारमा आफ्नालाई जथाभावि सहयोग बाड्ने प्रणालीको खारेज गर्ने ।
उत्पादन योग्य जमिन बनाउन गह्रा सुधार कार्यक्रम सँचालन गर्ने ।
कृषकहरुलाई निशुल्क विमाको व्यवस्था गर्ने ।
कृषक पहिचान गरि कृषक परिचय पत्र वितरण गरि कृषि लोन प्रदान गर्ने ।
व्यवसायिक कृषकहरुलाई कृषक भत्ताको व्यवस्था गर्ने ।
कृषकको उत्पादित वस्तुलाई बजारीकरण, भण्डारीकरण को व्यवस्था गर्ने ।
एक वर्ग एक नमुना उत्पादन कार्यक्रम सँचालन गर्ने ।
विपन्न कृषकहरुलाई पुर्ण अनुदानको व्यवस्था ।
ऋत्भ्ख्भ्त् मा कृषि तथा पशु विषय लिएर पढ्न छात्रबृत्तिको व्यवस्था गर्ने ।
समुह सहकारीलाई उद्योग स्थापनामा सहयोग गर्ने ।
जैविक उत्पादन, लोपोन्मुख विउ विजन, पशुपंक्षी संरक्षण कार्यक्र सँचालन गर्ने ।
कृषकहरुको हितलाई ध्यानमा राखि १००० टन क्षमताको कोल्ड स्टोर स्थापना गर्न संघ र प्रदेश सरकारसँग साझेदारी गर्ने ।
वैज्ञानिक ढंगले जग्गा जमिनको अध्ययन गरि त्यसको आधारमा उत्पादन ठोस गर्ने ।
खुल्ला खेतिबाट सुरक्षित खेतितर्फ सेल प्रविधि विस्तार गर्ने ।
बाँदर नियन्त्रणको विकल्प खोजि गर्न आवश्यक पहल गर्ने ।
मासुजन्य उत्पादनमा बाह्य आपुर्तिलाई निरुत्साहित गरि आन्तरिक उत्पादन र उपभोगा जोड दिने ।
सामुदायिक वनमा आयआर्जनको लागि ब्लक निर्धारण गरि जडिबुटिजन्य उत्पादनमा जोड गर्ने, जडिबुटि प्रशाधनको व्यवस्था गर्ने ।
भुजेल, चेपाङ समुदायको परम्परागत सीपलाई व्यवसायिकरण गर्न सामुदायिक वन क्षेत्र उपलब्ध गराई बाँस खेतिको लागि अनुदान व्यवस्था गर्ने । साथै उत्पादित वस्तुको सहज ढुवानी, बजारीकरण मा प्रोत्साहत गर्ने ।
वडा नं. १ र २ लाई सुन्तला सुपर जोन बनाई पुर्ण अनुदानको व्यवस्था मिलाउने ।
गाईभैसीलाई सुत्केरी भत्ताको व्यवस्था गर्ने ।
व्गलनभि एबचप को व्यवस्था गर्ने ।