images
images
images

व्यासलाई उप-महानगरपालिकाको पुर्वाधार निर्माण र अधुरा योजना पुरा गर्न पुन:मेयर हुन चाहान्छु : वैकुण्ठ न्यौपाने

images

तनहुँ । तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उप-महानगरपालिकाको पुर्वाधार निर्माण गर्न पुन:मेयर बन्न चहाना राखेका छन ।

आइतबार दमौलीको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरी न्यौपानेले अधुरा रहेका योजना पूरा गर्न, नियमित अन्य कार्य गर्न तथा आफ्नो अनुभव र क्षमता आधारमा नगरपालिकालाई विकास योजनामा थप मजबुत बनाई उप-महानगरपालिकाको पुर्वाधार निर्माण गर्न पुन:नगर प्रमुखमा उम्मेदवार बन्ने चहाना व्यक्त गरेका हुन् ।

न्यौपानेले आफ्नो पाँच वर्षको अवधिमा नगरवासीको शिर निहुर्याउने गरी कुनै काम नगरेको भन्दै दाबी गरे । उनले भने, ‘हाम्रो कामको मूल्यांकन र समिक्षा गर्ने दायित्व नगरवासी, राजनीतिक दल, नेपाली कांग्रेसका नेतृत्व गणमा रहने छ ।’

प्रमुख न्यौपानेले भने ‘पार्टीले टिकट नदिएको खण्डमा पनि पार्टीलाई विजयी गराउन भूमिका खेल्नेछु ।’

उक्त अवसरमा उनले आफुले व्यासमा मेयर भएर आएपश्चात थुप्रैकामहरु गरेको र थुपै योजनाहरु अगाडि बढाईएकोले त्यसको लागि पनि आफ्नो आवश्यकता रहेको बताएका थिए ।

नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति, नेपाली कांग्रेस व्यास नगरका सभापति सूर्यचन्द्र हड्खले, उपसभापति शोभा बडु अधिकारी लगायतका केहि वडाका वडाअध्यक्षका बिच उनले आफ्नो चाहना व्यक्त गरेका थिए ।

नेपाली कांग्रेसको तर्फबाट न्यौपाने सहित १४ जनाले व्यास नगरपालिकाको प्रमुखमा आकांंक्षा व्यक्त गरेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS