तनहुँ । नेकपा (माओवादी केन्द्र) बन्दिपुर गाउँ समितिले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उमेदवारको नामावली सिफारिस गरेको छ ।
शनिबार बसेको गाउँ समितिको पुर्ण बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । गाउँ समितिको बैठकले अध्यक्षमा हालका गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा, हालकी उपाध्यक्ष करुणा गुरुङ र जीवन कायस्थलाई सर्वसम्मतिले सिफारिस गरेको छ ।
यस्तै उपाध्यक्षमा विद्या लामिछाने, भानुभक्त पोखरेल, शिद्धान्त बहादुर गर्जा मगरलाई सिफारिस गरेको छ । आफू भन्दा माथिल्लो समितिको निर्णय मान्य हुने बताउदै अध्यक्ष, उपाध्यक्षको आकांक्षिहरुले एक जुट भएर बन्दिपुरमा बिजय हासिल गर्न प्रतिबद्ध हुनुपर्ने बताइएको छ ।
नेकपा (माओवादी केन्द्र)ले नै जितेको बन्दिपुर गाउँपालिकामा अध्यक्षको लागि १० जना र उपाध्यक्षको लागि २ जनाको आकांक्षा व्यक्त गरेका थिए ।