उज्वल पौडेल/
व्यास नगरपालिका ३० औँ स्थापना दिवसको अवसरमा व्यास नगरपालिकाले एक कार्यक्रमको आयोजना ग¥यो प्रमुख अतिथिको रुपमा रहेका थिए कांग्रेसका नेता रामचन्द्र पौडेल । कार्यक्रममा दर्जन बढी वक्ताले सम्बोधन गरे । सत्तारुढ दलका सबैले पौडेलको जय ‘जयकार’ गरे यती मात्र होइन् बिभिन्न समाजिक संघ सस्थाको प्रतिनिधिहरुको रुपमा रहेका कांग्रेसका नेताहरुले समेत पौडेललको ‘अच्चाकाली जयजयकार’ गरे । बोल्ने जति सबै कांग्रेसबाट नगर प्रमुखको दाबेदारको रुपमा रहेका थिए भने कोही वडा अध्यक्षको दाबेदार थिए । श्रोताले पनि वक्ताको ग्यालमर शैलीको चाकडी भाषण सुन्नासाथ कानेखुसी गर्दै ‘टिकटको लागि कति चाकडी गरेको’ बताउने गरेको थिए । हुन त त्यहाँ नगरवासी भन्दापनि कांग्रेसमा टिकट माग्ने र दिनेको जमात थियो । आधा दर्जन वक्ताको अच्चकाली चाकडी मन्तब्य सुनेपछि हौसिएका पौडेलले केही जिल्लाका बिकास कुरा गरे आफ्नो पहलमा जिल्लामा भएका केही कामका बिषय उठाए ।
पक्कै पनि झण्डै ३ दशक राज्यको माथिल्लो ओहोदामा रहदा कांग्रेस नेता रामचन्द्र पौडेलका पहलमा तनहुँमा केही काम भएका होलान । त्यसलाई नागरिकले सम्मान पनि गरेकै छन् । काम गरे अनुसार जनताले निर्वाचनमा मत पनि दिएकै छन् । ‘पौडेलले केही गरेन ’ भन्ने अतिवादी तर्क सँग पनि म सहमत छैन् । तर तपाईले ब्यास नपाकोे कार्यक्रममा दमौलीका चिया पसलमा जम्मा हुने र सुखः दुःखका गफ गर्नेलाई ‘लठुवा’ को जुन दर्जा दिनु भएको छ त्यसमा मेरा केही प्रश्न रहेका छन् । म पनि चिया पसलमा जम्मा हुनेको साझेदार पनि हुँ, यसमा मलाई गर्व छ । दमौलीको चिया पसलमा तपाई दमौली आँउदा तपाईको भात भान्साको तयारी गरिदिने देखि तपाईका दाहिने र देउरे हात भनेर चिनिएका ‘प्रतिष्ठित’ ब्यक्ति देखि तपाईलाई बरिष्ठ नेता बनाउन मेलापात जन्ती र मलामी जान छोडेर गाँउमा खटेका तमाम कांग्रेस कार्यकता आउने गर्दछ के तिनहरु पनि ‘लठुवा’ हुन् ?
दमौलीको चिया पसलमा तपाई दमौली आँउदा तपाईको भात भान्साको तयारी गरिदिने देखि तपाईका दाहिने र देउरे हात भनेर चिनिएका ‘प्रतिष्ठित’ ब्यक्ति देखि तपाईलाई बरिष्ठ नेता बनाउन मेलापात जन्ती र मलामी जान छोडेर गाँउमा खटेका तमाम कांग्रेस कार्यकता आउने गर्दछ के तिनहरु पनि ‘लठुवा’ हुन् ?
प्रजातन्त्र र लोकतन्त्रका आधार स्तम्भको बढे टावरको छवि बनाएका नेताहरु आफ्नो आलोचना भएको थाहा भएपछि आलोचकहरुलाई ‘लठुवा’ ’ भन्ने यो कस्तो लोकतन्त्र हो ? आलोचना सहन नसक्ने ज्ञानेन्द्र शाह र तपाईमा के फरक ?हो चिया पसलमा सबै नेताका चर्चा हुने गर्दछ सबैका सबल र दुर्लभ पक्षका बारेमा चर्चा हुन्छ । ३० बर्षमा सत्तामा रहदा आफ्नो गाँउ जाने सम्म बाटो नबनाउने तपाई ‘‘लठुवा’ की हामी त्यो कुरा गर्ने चिया भट्टीमा जाने ‘लठुवा’ ? तपाईले सत्तामा रहदाँ १० किलोमिटर सम्मको छाब्दी वाराही मन्दिर सम्म जाने पक्की सडक बनाउन पहल नगर्ने , हिन्दुवादी देखिन काशिमा जनै देखाएर तर्पण दिने तपाई ‘लठुवा’ की हामी ? छाब्दी बाराही मन्दिर सम्म सडक पिच हुनका लागि तपाईले हानु पर्ने ?तपाई पराजित भएको तिन बर्ष मै त्यहाँ सडक पिच भयो । जनताले चिया पसलमा त्यो कुरा गर्न नपाउने । यत्रो बर्ष सत्तामा रहदा जिल्लामा ५० बेड सम्मको अस्पताल नबनाउने तर निजी अस्पताल उद्घाटन गर्न हौसिने तपाई ‘लठुवा’ की हामी, जिल्लामा एउटा पनि सरकारी क्यापस नखोल्ने तपाई ‘लठुवा’ की हामी ? बुद्व सिं मार्ग ट्रयाक खोलिएको कति बर्ष भयो कालोपत्रे गर्न आफु पहल नगर्ने दोष कम्यूनिष्टलाई दिने ‘लठुवा’ तपाई की कुरा गर्ने हामी ? ऋषिङ–भिरकोट सडक कालोपत्रे गर्न १७ बर्ष सम्म पहल गर्न नभ्याउने तपाई ‘लठुवा’ की कुरा गर्ने हामी ?
हिजो २०४६ साल अघिको तपाई आर्थिक समाजिक जिवन र अहिलको आर्थिक समाजिक जिवन ,दमौली देखि बोहोराटार सम्म आलिसान महल र सम्पती जोड्ने तपाई ‘लठुवा’ की कांग्रेस पार्टीका लागि धन मन दिएर अहिले सम्म राजनीतिमा केही नपाएका मनको बह पोख्न चिया पसलमा आउने कांग्रेस कार्यकता
बिपिको आर्दशको चर्को कुरा गर्ने आफ्ना पार्टीका सहकर्मिलाई सम्म मिलाएर लान नसक्ने तपाई ‘लठुवा’ की कुरा गर्ने हामी ? अझै आफुले पद नपाएपछि पार्टीको महाधिवेशनमा भोट सम्म हाल्न नजाने ‘लठुवा’ तपाईकी हामी ? आफ्ना कार्यकालमा साविकका क्यामिन,सतिस्वारा मिर्लुङ्ग,रीस्तिका डाडाहरुमा न्यूनतम विकासका पुर्वाधार लैजाने नसक्ने अनि अहिले बिकासका फोस्रा नारा आर्दशका कुरा गर्ने तपाई ‘लठुवा’ की चिया पसलमा कुरा गर्ने हामी ? हिजो २०४६ साल अघिको तपाई आर्थिक समाजिक जिवन र अहिलको आर्थिक समाजिक जिवन ,दमौली देखि बोहोराटार सम्म आलिसान महल र सम्पती जोड्ने तपाई ‘लठुवा’ की कांग्रेस पार्टीका लागि धन मन दिएर अहिले सम्म राजनीतिमा केही नपाएका मनको बह पोख्न चिया पसलमा आउने कांग्रेस कार्यकता । यस्ता हजार निरुत्तरीत पश्न तपाईसँग छन् । तपाईले आफुलाई सर्वमान्य बनाउने हो भन्ने आलोचकहरुको कुरा सुनेर आफ्नो धारणा बनाउदा तपाईको हित होला तर आलोचकहरुलाई आफ्ना आसेपासेले कुरा लागएको भरमा सार्वजनिक स्थानमा गरिएको तल्ला स्तरका भाषणले तपाईको कद बढ्दैन् ,बरु घटछ । तपाईका यस्ता गतिविधिले अझ तपाईको कत्लेआम गर्नेहरुका जमात बढ्ने निश्चित छ ।
२०७४ सालको संघीय र प्रदेश निर्वाचनममा तनहुँमा पनि कांग्रेसले सर्बनाक हार ब्यहोरेको सत्य हो । के लोकतन्त्रमा सधै जनताले तपाईहरुलाई मात्र रोज्नु पर्ने भन्ने छ । जनताको दिएको मतलाई स्वीस्कार गर्न नसकेर नानाभाति बोल्ने तपाई ‘लठुवा’ की कुरा गर्ने हामी ? जनता सधै तपाईको हली गोठाला हुन् । तपाईको मात्रै बारी जोत्नु पर्छ भन्ने छ र ? त्यसैले संघीय निर्वाचन निकट छ फेरी पनि निर्वाचन लड्ने कुरा गर्दै हुनुहुन्छ । यदी बुढेसकालमा फेरी पराजयको तितो अनुभ नदो¥याउनका लागि आफुलाई बेलैमा सम्हाल्दा भलो होला ।
व्यास नपा स्थापना दिवसका अवसरमा तपाईका अभिब्यक्ति ज्ञानेन्द्रका शाहका संचारमन्त्री श्रीश्र सम्मेशरको भन्दा तल्लो स्तरका छन् । चिया पसल,चौतारीमा जम्मा भएर कुरा गर्नेलाई निम्न स्तरको टिप्णी गर्ने र त्यहा जम्मा भएकालाई ‘लठुवा’ भन्ने तपाईका अभिब्यक्ति निन्दनीय होइन् भत्र्सना योग्य छन् ।
यदी तपाईलाई अझै अन्तिम पटक कम्यूनिष्ट घटकको बुई चढेर फेरी सत्ताको तर मारम्ला र छोरा सम्दी र बाँकी भाई भतिजालाई लाभको पद बाडम्ला भन्ने सोँच छ भने आजै त्याग्न जरुरी रहेको छ । तपाईलाई कम्यूनिष्टका नेताले सहयोगको बचन त देलान तर कम्यूनिष्ट भएकै कारण जागरिबाट हात धोएका, कम्यूनिष्टलाई भोट हाले बापत टाउको फुटाएका,कम्यूष्टि सर्मथक भएकै कारण अपमानीत महसुश गरेकाले तपाईलाई किन भोट हाल्लान र? त्यसैले धेरै फुर फुर भएर उचालीन आवश्यक छैन् । व्यास नपा स्थापना दिवसका अवसरमा तपाईका अभिब्यक्ति ज्ञानेन्द्रका शाहका संचारमन्त्री श्रीश्र सम्मेशरको भन्दा तल्लो स्तरका छन् । चिया पसल,चौतारीमा जम्मा भएर कुरा गर्नेलाई निम्न स्तरको टिप्णी गर्ने र त्यहा जम्मा भएकालाई ‘लठुवा’ भन्ने तपाईका अभिब्यक्ति निन्दनीय होइन् भत्र्सना योग्य छन् ।