images
images
images

एमालेबाट घिरिङको अध्यक्षका उम्मेदवारमा राना र थापा, उपाध्यक्षमा तिन जना सिफारिस

images

अन्जान परियार, घिरिङ । नेकपा एमालेबाट घिरिङ्गको गाउपालिका अध्यक्षमा उम्मेदवार बन्नको लागि दुई जना सिफारिस भएका छन ।

घिरिङ्ग गाउपालिका हालका अध्यक्ष रन बहादुर राना र नेकपा एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापा गाउपालिका अध्यक्ष पदको लागि उम्मेदवारीमा सिफारिस भएका हुन ।

यसै गरि उपाध्यक्ष पदको लागि शुकुमाया श्रेष्ठ, दुर्गा माया थापा र राधा देवि अधिकारी सिफारिस भएका छन ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले घिरिङ्गबाट अध्यक्षमा ६ जना र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको थियो ।

लामो छलफल पश्चात् सहमतीमा निर्णय हुन नसके पछि सोमबार गाउकमिटी सदस्यहरुको मतदान बाट दुई जना अगाडि आएका हुन।

उनिहरु मध्य अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीको रुपमा १/१ जना लाई प्रदेश कमिटिले चयन गर्ने नियम रहेको छ।

यसै गरि मतदानको नतिजामा अध्यक्षका उम्मेदवारहरु मध्य रन बहादुर राना ३९ , होम बहादुर थापा ३१, बिष्णु भक्त सिक्देल २६ , इन्द्र बहादुर थापा २२, भुवन सिङ बिक १४ र बिष्णु प्रसाद ढकालले १२ मत ल्याएका थिए ।

उपाध्यक्ष तर्फ सुकुमाया श्रेष्ठ गुरुङ्ग ४१, दुर्गा माया थापा ३५, राधा देवि अधिकारी ३२, सरस्वती घिमिरे सिक्देल २८ र मनमाया आलेले ५ मत प्राप्त गरेका थिए।

नेकपा एमाले जिल्ला कमिटी उपसचिव एवं घिरिङ्ग कमिटी इन्चार्ज खिम कुमाल निर्वाचन मण्डलका संयोजक रहेका थिए भने जिल्ला सदस्यहरु गोपाल बिक र कृष्ण प्रसाद अधिकारि, एमाले युवा नेता बिमल जिसि निर्वाचन मण्डलका सदस्य थिए।

उक्त निर्वाचन मण्डलले निर्वाचन सम्पन्न गरेको हो।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS