तनहुँ । मेला महोत्सवले स्थानीय उत्पादनको प्रचारप्रसार र उपयोगबाट आर्थिक समृद्धिमा टेवा पुर्याउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन ।
तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि सुरु भएको आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन ।
स्थानीय उत्पादनको बजारीकरणमा समेत महोत्सवले सहयोग पुर्याउने प्रधानमन्त्री देउवाले बताए । उनले भने ’गाउँ गाउँमा लुकेर बसेका कला र क्षमताको समेत प्रचारमा समेत सहयोग पुग्नेछ ।’
महोत्सवमा आउने आन्तरिक र बाह्य पर्यटकलाई स्थानीय पर्यटकीय स्थलसम्म पुर्याउन सके आन्तरिक पर्यटनमा टेवा पुग्ने प्रधानमन्त्री देउवाले बताए । उनले अगाडी थपे ’जिल्लाका विभिन्न कला, सम्पदा र स्थानीय उत्पादनलाई एकै ठाउँमा समेट्न महोत्सवको महत्वपूर्ण भूमिका रहन्छ ।’
यस्तै महोत्सवमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले गठबन्धनको सरकारले संविधान र लोकतन्त्रको रक्षा गरेको बताए । उनले भने ’संसद जोगाउने गठबन्धन आगामी चुनावमा अनि एकजुट हुनुपर्ने जनताको माग र चहाना छ ।’
आगामी स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनले सांझा उम्मेदवार चयन गर्नुपर्ने श्रममन्त्री श्रेष्ठले बताए ।
सोही अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी नेपालको गरिबी हटाउने महोत्वपूर्ण अनुदान सहयोग भएको बताए । उनले थए ’एमसीसी पास गर्ने अठोट लिनुभएकोमा प्रधानमन्त्री ज्युलाई धन्यवाद दिन चहान्छु ।’
मानिसहरु लाई गाउँमा नै रोक्न रोजगारीको सिर्जना गाउँमा नै गर्नुपर्ने नेता पौडेलले बताए ।
‘देशमा कृषि क्रान्ती, उर्जाशक्तीको विकास गरेर अब नेपाललाई आत्मनिर्भर बनाउने बाटो हामी जानुपर्छ ।’ नेता पौडेलले भने । तस्बिरहरु :