
तनहुँ । तनहुँको व्यास-११ स्थित प्रस्तावित देउराली डाँडा पार्कमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । शनिबार बाजागाजासहित उक्त पार्कमा राष्ट्रिय झण्डा फहराइएको नव आदर्श टोल विकास समितिका अध्यक्ष संजय श्रेष्ठले जानकारी दिए ।
पार्कमा ४० फिट उचाईको पोलमा १६ फिट लामो नेपालको राष्ट्रिय झण्डा राखिएको टोलका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त झण्डा सोही ठाउँका स्थानीय समेत रहेका कालिका फोटो स्टुडियोका संचालक बलभद्र श्रेष्ठले सहयोग गरेका हुन् । अन्य बाँकी खर्च बहने टोलले नै गरेको हो । उक्त स्थानमा अन्य विभिन्न संरचना समेत निर्माण गरिदैछ । जसका लागी ३ लाख भन्दा बढी रकम उठिसकेको अध्यक्ष श्रेष्ठले बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त झण्डा पार्कमा झण्डाउत्तोलन गरिएको उनले जानकारी दिए । सो अवसरमा प्रमुख न्यौपानेले व्यास नगरपालिकाले पर्यटन प्रवर्द्धनलाई महत्वका साठ राखेको बताए । साथै उनले सो अवसरमा बोल्दै तत्काल ५ लाख सो क्षेत्रमा निर्माण हुन लागेको विभिन्न परियोजनाका लागि साह्योग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
सो अवसरमा उनले कोरोनापछि गतिलिन थालेको पर्यटकीय गतिविधिमा तनहुँसुरको राष्ट्रिय झण्डा पर्यटकलाई आर्कषित गर्ने बताए । उनले भने ‘पर्यटक रमाउने ठाउँमा राष्ट्रिय झण्डा फर्फराउनु नेपालको सान झल्कने छ ।’
केहि समय अघि मात्रै सम्पन्न भएको कालोपत्रे सडक र सडकको बीच भागमा रहेको रुख अहिले सामाजिक सन् संजाल टिकटकदेखि फेसबुक लगाएतमा भाइरल भईरहेको छ । उक्त स्थान अवलोकन गर्न दैनिक सयौ आन्तरिक पर्यटक पुग्ने गरेका छन् । साथै बिदाका दिन हजार माथि आन्तरिक पर्यटक पुग्ने गरेको स्थानिय समेत रहेका टोल अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने ‘तनहुँसुरमा पर्यटक आर्कषित गर्न अब नेपालको झण्डा थपिएको छ ।’
उक्त कार्यक्रम नव आदर्श टोल विकास समितिका अध्यक्ष संजय श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा व्यास-११ का वडाअध्यक्ष निर बहादुर खड्का, नेपालि कांग्रेसका जिल्ला सदस्य रामशरण महत, नेकपा एमाले व्यासनगर कमिटिका उपाध्यक्ष तुलसी पाण्डे, नेकपा माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका व्यासनगर कमिटिका सचिव रङसिं नेपाली लगाएतको उपस्थिति रहेको थियो ।
उक्त स्थानमा रहेको नव आदर्श टोल विकास समितिले पार्क नजिक रहेको रोडका दुवै चौतारी मर्मत सम्भार र निर्माण गर्ने निर्णय गरेको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त चौतारी मर्मतका लागी आर्थिक सहयोगको लागि स्थानीय सरकार, विभिन्न संघ संस्था, जनसमुदायलाई अनुरोध गरी छिटै मर्मत सम्भार गर्ने निर्णय समितिले गरेको छ ।
त्यस्तैगरी सो क्षेत्रमा एक महिना भित्र महिला र पुरुषको दुई शौचालय निर्माण गर्ने निर्णय समितिले गरेको छ । यस्तै देउराली डाँडा पार्कको गुरु योजना सफल बनाउनको लागि तत्कालको लागि ५ सदस्य समिति गठन गरिएको छ ।
यो पनि :
तनहुँसुरको भाइरल रोडको चौतारी मर्मत गरिने, देउराली डाँडा पार्कमा राष्ट्रिय झण्डा राखिने