images
images
images

आँबुखैरेनीमा ऐना पार्क निर्माण हुँदै

images

तनहुँ
तनहुँको आँबुखैरेनी गाउँपालिका २ र ४ को सिमाना स्थित ऐना पहरामा अत्याधुनिक पार्क निर्माण कार्य अगाडि बढाइएको छ । १ करोड ४० लाख रुपैयाँको लागतमा पार्कको निमाण गर्ने गाउँपालिकाले जनाएको छ । पार्क निर्माणका लागि गाउँपालिकाले १ करोड  ४० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । सोही पार्क निर्माणका लागि डिपिआर निर्माणको काम भइरहेको छ उनले भने । सोही ठाउँमा जिप लाइन, स्वीमिङ पुल, देवी देवताहरुको आकर्षण मूर्ति निर्माण गरिने समेत उनले बताए । सुविधा सम्पन्न शौचालय, खानेपानीको व्यवस्था, रेष्टुरेन्ट, सहितको व्यवस्था गरिने जानकारी उनले दिए ।
पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ऐना पहरामा अत्याधुनिक पार्क निर्माण गर्न लागिएको हो । उक्त पार्कमा बालबालिकादेखि बृद्धहरु रमाउने वातावरण बनाइने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । पृथ्वी राजमार्ग भएर सवारी साधनमा आवतजावत गर्ने पर्यटकहरुलाई एक छिन भएपनि उक्त पार्कमा रमाउने वातावरण मिलाउने गाउँपालिकाले जनाएको छ। सुन्दर र रमणीय पार्क निर्माण गरी गाउँपालिकाको आयस्तर समेत बढाइने गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले बताइन ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS