images
images
images

मुल्यवृद्धिको विरोधमा दमौलीमा राष्ट्रिय युवा संघ तनहुँको मसाल जुलुस (तस्बिर सहित)

images

तनहुँ । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ तनहुँले मुल्यबृद्धिको विरोधमा बिहीबार साँझ तनहुँको दमौलीमा मसाल जुलुस निकालेको छ ।

नेकपा एमाले तनहुँको पार्टि कार्यालयबाट शुरु भएको मसाल जुलुस दमौली बजारका विभिन्न मार्ग हुँदै मेनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ तनहुँका संयोजक मदन तिमिल्सेनाले गठबन्धनको सरकार बनेदेखि नै मुल्यबृद्धि गरेर जनतामाथी आक्रमण गरिदै आएको आरोप लगाए ।

‘सरकारसंग आँखा छ तर देख्दैन, हात छ तर चल्दैन, खुट्टा छ तर हिड्दैन,’ उनले भने, ‘यो सरकार बनेपछि एक सातामा ३ पटकसम्म मुल्यबृद्धि गरेको छ।’

नयाँ निर्वाचनको लागि समय नजिकिदै आएपनि सरकारले चुनावी रणानीति अघि नबदाएको आरोप लगाए ।

कोणसभाको संचालन राष्ट्रिय युवा संघ तनहुँका सचिव वसन्त पौडेलले गरेका थिए । मसाल जुलुस निकालेका युवा र सुरक्षाकर्मी बिच धरपकड समेत भएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS