तनहुँ । नेकपा एमालेको स्थायी कमिटी सदस्य एवं पुर्वमन्त्री किरण गुरुङले देश निर्माणको लागी साँझा एजेन्डा बनाउनुपर्ने बताएका छन ।
प्रेस चौतारी नेपाल तनहुँको ९औं जिल्ला अधिवेशनको अवसरमा पुर्वमन्त्री गुरुङले सो कुरा बताएका हुन ।
विरोधका नाममा विरोध हुने गरेको पुर्वमन्त्री गुरुङले बताए । उनले थपे ‘समयसापेक्ष अनुसार परिवर्तन हुन सक्नुपर्छ ।’
राजनीतिक दलले भनेको समाजवाद स्थापना बारे छलफल हुन जरुरी भएको पुर्वमन्त्री गुरुङले बताए । उनले अगाडि भने ‘समृद्धि नेपाल निर्माणका लागी छलफल जरुरी छ ।’
संघीयता आए पनि कार्यान्वयन हुन हुन नसकेको उनले बताए ।
संघीयता भनेको समावेशीताको सुन्दर पक्ष भएको पुर्वमन्त्री गुरुङ बताउछन । उनले भने ‘अधिकारको बारेमा छलफल हुन अझै बाँकी छ ।’
संचार क्षेत्रले खोज र अनुसन्धानमा ध्यान पुर्याउनुपर्ने गुरुङले बताए ।
















