काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
रुघा र सामान्य खोकी लागेपछि मन्त्री पौडेलले सोमबार बिहान पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र सेल्फ आइशोलेसनमा बसिरहेको उनका प्रेस संयोजक बिमल खड्काले बताए ।