तनहुँ । नेपाल कम्युनिष्ट पार्टी एमाले तनहुँको उपाध्यक्षमा हरिराज कंडेल बिजयी भएका छन ।
उनले ३६४ मत प्राप्त गरेर बिजयी भएका हुन ।
कंडेलले आफ्ना प्रतिस्पर्धी मेखबहादुर थापालाई हराएका हुन । थापा भिमाद नगरपालिकाका प्रमुख समेत हुन । थापाले १६८ मत पाएका छन ।
त्यस्तै एमाले तनहुँको सचिव राजेश्वर ढकाल विजयी भएका छन । उनले ३२० मत प्राप्त गरेर बिजयी भएका हुन ।
उनका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २१९ मत पाएका थिए । सिग्देल यसअघि एमाले तनहुँको उपसचिव रहेका थिए ।
कुल मत ५५६ खसेको थियो । अध्यक्ष र उपसचिव र केहि सदस्यमा यसअघि नै सर्वसम्मत भईसकेको छ । केहि सदस्यमा भने निर्वाचन भएको थियो । अहिले सदस्यको मतगणना जारी छ ।