images
images

एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत

images

तनहुँ । नेकपा एमाले जिल्ला अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । यसअघि कार्यवहाक अध्यक्षको जिम्मेवारी समेत वहन गरेको श्रेष्ठले मात्र अध्यक्षमा उम्मेदवारी दिएपछि उनी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए ।

शनिबार उम्मेदवारी दर्ताको क्रममा अध्यक्ष पदमा श्रेष्ठको मात्र उम्मेदवारी दर्ता भएको थियो । यस्तै एमाले उपसचिवमा प्रदीपराज अधिकारी र खिमबहादुर कुमाल सर्वसम्मत चयन भएका छन् ।

एमाले जिल्ला उपाध्यक्ष, सचिव र केही सदस्यका लागि मतदान गरिएको छ । अध्यक्ष र उपसचिवमा सर्वसम्मत नेतृत्व चयन गरेको अधिवेशनले निर्वाचनमार्फत उपाध्यक्ष, सचिव र सदस्य चयन हुनेछ ।

उपाध्यक्षमा हरिराज कंडेल, मेखबहादुर थापा र मोहनकुमार सुनारबीच प्रतिस्पर्धा भएको छ । सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालबीच प्रतिस्पर्धा भएको छ ।

खुल्ला सदस्य तर्फको १७ पदमा पनि निर्वाचन भएको छ । उक्त पदमा पदाधिकारीका उम्मेदवार सहित २७ जना उम्मेदवार बनेका छन् । उक्त पदमा अनिल पाण्डे, इन्द्र थापा, ऋषिराम भुषाल, ऋषिराम रानामगर, कुलबहादुर थापा, कृष्णप्रसाद न्यौपाने, गोविन्दराज मिश्र, दुर्गाबहादुर थापा, दुर्गाबहादुर महत, देवलाल खनाल, ध्रुवसिंह ठकुरी, नविनराज वाग्ले, निर्मल पण्डित, प्रेमनारायण पौडेल, विष्णुभक्त सिग्देल, भगवान श्रेष्ठ, भुपेन्द्र कोइराला, आरके पोरोल, मेखबहादुर थापा, मोहन सुनार, राजेश्वर ढकाल, रुद्रप्रसाद पौडेल, शंकर रानाभाट, शम्भु अधिकारी, हरिबहादुर थापा र हरिराज कडेंल छन् ।

मतगणना भने सोमबार बिहानबाट हुने भने तापनि अहिलेसम्म सुरु हुन सकेको छैन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS