images
images
images

तनहुँका शंकर भण्डारी र गोविन्द भट्टराई कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित (मत सहित)

images

तनहुँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट तनहुँका दुई नेता खुलातर्फको केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

जिल्लाका शंकर भण्डारी, गोविन्द भट्टराई पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । केन्द्रिय सदस्यमा निर्वाचित भण्डारीले २ हजार ७६२ मत र भट्टराईले २ हजार ३५० मत पाएका छन ।

भण्डारीले ८औं र भट्टराईले १९औं नम्बरमा केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।

यसअघि पनि केन्द्रीय सदस्य नै रहेका तरुण दलको नेतृत्व सम्हालेका भण्डारी र नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराई पुन: केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित दुवै केन्द्रिय सदस्य संस्थापन खेमाबाट उम्मेदवार बनेका थिए ।

भट्टराई र त्रिपाठी पराजित

संस्थापनइतर खेमाबाट खुल्ला केन्द्रिय सदस्य लडेका दीपक भट्टराई र आनन्दराज त्रिपाठी भने केन्द्रिय सदस्यमा पराजित भएका छन् । भट्टराईले ६०६ मत र त्रिपाठीले ६१० मत पाएका छन ।

३५ जना केन्द्रिय सदस्य चुनिने खुलातर्फको सुचीमा उनीहरु पर्न सकेनन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS