images
images
images

तनहुँका स्थानीय तहमा मंसिर १७ देखि मतदाता नामावली संकलन हुने, कुन पालिकामा कहिले ?(मिति सहित)

images

तनहुँ । तनहुँका स्थानीय तहमा मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन गरिने भएको छ ।

जिल्लाको भिमाद नगरपालिकामा मंसिर १७ गतेदेखि २६ गतेसम्म र ऋषिङ गाउँपालिकामा मंसिर २९ गतेदेखि पुष ९ गतेसम्म मतदाता नामावली संकलन हुने कार्यालयले जनाएको छ ।

यस्तै घिरिङ गाउँपालिकामा मंसिर १७ गतेदेखि मंसिर २६ गतेसम्म र शुक्लागण्डकी नगरपालिकामा मंसिर २९ गतेदेखि पुष ९ गतेसम्म मतदाता नामावली संकलन हुनेछ ।

त्यस्तै देवघाट गाउँपालिकामा मंसिर १७ गतेदेखि मंसिर २६ गतेसम्म र आँबुखैरेनी गाउँपालिकामा मंसिर २९ गतेदेखि पुष ९ गतेसम्म मतदाता नामावली संकलन हुनेछ ।

बन्दिपुर गाउँपालिकामा मंसिर १७ गतेदेखि मंसिर २६ गतेसम्म र भानु नगरपालिकामा मंसिर २९ गतेदेखि पुष ९ गतेसम्म मतदाता नामावली संकलन हुनेछ ।

म्याग्दे गाउँपालिकामा मंसिर १७ गतेदेखि मंसिर २६ गतेसम्म मतदाता नामावली संकलन हुने कार्यालयले जनाएको छ ।

व्यास नगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय तनहुँ र जिल्ला निर्वाचन कार्यालय रहेको दर्ता स्थलबाट मतदाता नामावली संकलन हुने निर्वाचन अधिकृत हरि प्रसाद ढकालले जानकारी दिए ।

अन्य जिल्लाको स्थायी नागरिक विभिन्न पेशा र रोजगारको शिलशिलामा तनहुँमा बसोबास गरेका नागरिकले आफ्नो स्थायी बसोबासको स्थानमा मतदाता नामावलीरहने गरी जिल्ला निर्वाचन कार्यालयमा गएर मंसिर १७ गतेदेखि नामावलीमा नाम दर्ता गर्न सकिने कार्यालयले जनाएको छ ।

बुधबार कार्यालयले राजनीति दल र सरोकारवालासंग छलफल समेत गरेको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मतदाता नामावली संकलन अभियानमा सबैले साथ सहयोग गर्नुपर्ने बताए । उनले भने ‘कोहि नछुट्ने गरी मतदाता नामावली संकलन अभियान सुरु हुँदैछ ।’

जिल्लामा गत कार्तिक मसान्तसम्म २ लाख २९ हजार ८६३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS