images
images
images

एमाले महाधिवेशनमा तनहुँबाट ५ सयबढी सवारी चितवन जाने, २० हजार कार्यकर्ता लैजाने तयारी

images

तनहुँ । नेकपा एमालेको १०औं महाधिवेशनमा तनहुँबाट ५ सय बढी सवारी जाने भएको छ । नेकपा एमाले तनहुँका कार्यालय सचिव राजेश्वर ढकालका अनुसार २ सय बढी बस, १०० साना गाडी र २ सयभन्दा बढी मोटरसाइकल जाने तयारी रहेको छ ।

शुक्रबार मंसिर १० गते चितवनकाे नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा भाग लिन जिल्लाको गाउँ-गाउँबाट नेता तथा कार्यकर्ता आउने एमाले तनहुँले जनाएको छ ।

ढकालका अनुसार तनहुँबाट करिब २० हजारभन्दा बढि नेता, कार्यकर्ता चितवन जानेछन् । जिल्लाका विभिन्न गाउँपालिकाबाट आएका कार्यकर्ता सदरमुकाम आसपास क्षेत्रमा भेला भएर एकैपटक चितवन पुग्ने याेजना रहेकाे समेत उनले बताए ।

शुक्रबार बिहान ८ बजे देखि साढे ९ बजेभित्र जिल्लाबाट हिड्ने तयारी रहेको उनले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS