दमौली,तनहुँ । व्यास नगरपालिका-५ बरबोटे साँगेमा आयोजित खुल्ला वडा स्तरीय प्रथम ‘द नाइन्टिज’ पुरुष भलिबल प्रतियोगिताको उपाधी गुरुङ समाज म्याग्दे-६ले जितेको छ।
सोमबार सम्पन्न फाइनल खेलमा बेनिकोट युवा क्लवलाईइ लगातार दुई सेटमा पराजित गर्दै गुरुङ समाज उपाधी जितेको हो। प्रतिस्पर्धात्मक फाइनलमा बेनिकोट युवा क्लव उपविजेता हुँदा भिमाद-२ तृतीय भएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः नगद रु. ३३ हजार ३३३. रु. २२ हजार २२२ र रु. ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। हालै मात्रै दर्ता भएको ‘द नाइन्टिज’ युवा क्लबले आयोजना गरेको प्रतियोगितामा तनहुँसहित नवलपुर, कास्की र लमजुङका गरी ३२ टोली सहभागी भएका थिए।
अध्यक्ष एक कुमार श्रेष्ठको सभापतित्व रहेको समापन सत्रका प्रमुख अतिथि व्यास नगर पालिकाका नगर प्रमौख बैकुण्ठ न्यौपाने रहेका थिए।
सत्रलाई सम्बोधन गर्दै न्यौपानेले खेलकुदको बिकासमा पालिका सधै तत्पर रहेको उल्लेख गर्दै खेलकुद बिकासलाई पालिकाले आवश्यक सहयोग व्यवस्थापन गर्ने बताए ।समुदाय स्तर बिकासको निमित्त समुदायका मानिसहरु सबै मिलेर पालिका सँग संवादमा आउनुपर्ने आवश्यक रहेको बताउदैँ पालिकाले आवश्यक सहयोग गर्न त्यार रहेको बताए ।
शुक्रबारबाट सुरु भएको प्रतियोगितामा सयौं दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। छोटो समयमै नयाँ क्लबले यति ठूलो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन्।
खेलकुदमार्फत गाउँलाई जोड्ने र चिनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले बरबोटे साँगेलाई जिल्लाबाहिरसम्म परिचित गराएको स्थानीय बरबोटे टोलका पुर्व अध्यक्ष गंगा बहादुर रानाले बताए ।
क्लबका अध्यक्ष एककुमार श्रेष्ठका अनुसार प्रतियोगिताले खेलकुद प्रवर्द्धनसँगै गाउँमा आपसी सद्भाव, युवा एकता र उत्साह थपेको छ।
प्रतियोगिताको प्रथम पुरस्कार व्यास-५ बरबोटेका हाल दक्षिण कोरियामा रहेका आनन्द लामिछानेले, दोस्रो पुरस्कार केम्यान आइल्यान्ड्समा रहेका अमृत गैरेले र तृतीय पुरस्कार साउदी अरेबियामा रहेका आशिक श्रेष्ठले प्रायोजन गरेका थिए।


सुशील लामगादे बि.क. 












