images
images

जिल्ला आर्थिक गणना समन्वय समितिकाे बैठक सम्पन्न

images

जिल्ला आर्थिक गणना समन्वय समिति तनहुँकाे दाेस्राे बैठक सम्पन्न भएकाे छ ।

साेमबार जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा जिल्ला आर्थिक गणना समन्वय समितिको बैठक बसेको हाे । बैठकमा तनहुँ जिल्लामा हालसम्म आर्थिक गणनामा भएको प्रगतिको बारेमा समीक्षा गरिएको थियो।

जिल्ला आर्थिक गणना कार्यालयका अनुसार साेमबार सम्म तनहुँ जिल्लामा १४ हजार ९२३ प्रतिष्ठानहरूको गणना सम्पन्न भएको छ। आगामी असार ७ गतेसम्म

सञ्चालन हुने स्थलगत तथ्याङ्क संकलनबाट १७,३६६ प्रतिष्ठान गणना गर्नेलक्ष्य राखिएको छ। पहिलो आर्थिक गणना, २०७५ मा तनहुँ जिल्लामा कुल १२ हजार ४३३ प्रतिष्ठानको गणना भएको थियो। २०७५ सालको गणनाको तुलनामा हालसम्म १२० प्रतिशत गणना भएको हो। लक्ष्यको तुलनामा भने हालसम्म ८६ प्रतिशत गणना सम्पन्न भएको जिल्ला आर्थिक गणना अधिकारी ऋषि राम सिग्देलले जानकारी दिनुभयाे।

बैठकमा उपस्थित निजि क्षेत्रका सबै प्रतिनिधिहरूले राष्ट्रिय आर्थिक गणनामा कोही पनि नछुट्ने गरी सम्पन्न गर्नका लागि सदैव सहयोग र समन्वय गर्न तत्पर रहेको बताउनुभएको थियो। साथै, उक्त बैठकले स्थलगत गणनाको बाँकी अवधिमा सूचनामुलक सन्देशका लागि थप प्रचारप्रसार गर्ने निर्णय समेत गरेको छ। बैठकका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तिवारीले

स्थलगत तथ्याङ्क संकलनको बाँकी अवधिमा लक्ष्य प्राप्ति गरिने बताउनुभयाे ।

बैठकमा जिल्ला समन्वय अधिकारी शिव प्रसाद रिजाल, कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका प्रमुख अशोक खनाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्की, ब्यास नपाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल , सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी , तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष इम कुमार मल्ल, निर्माण व्यवसायी संघका अध्यक्ष यज्ञ प्रसाद खनाल, तनहुँ होटल व्यवसायी संघका निवर्तमान अध्यक्ष दुर्गा विलास भट्टराई, व्यास भूमि यातायात समितिका अध्यक्ष बसन्त जि.सी. र जिल्ला आर्थिक गणना अधिकारी एवं सदस्य सचिव ऋषि राम सिग्देलकाे सहभागिता रहेकाे थियाे ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS