images
images
images

कांग्रेस महाधिवेशनः तनहुँ क्षेत्र नं २ को सभापतिमा चुडामणि खनाल, सचिवमा चन्द र घिमिरे बिजयी (मतसहित)

images

तनहुँ । नेपाली काँग्रेस पार्टीको १४औं महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नं २ को सभापतिमा चुडामणि खनाल निवाचित भएका छन् । खसेको कुल ८ सय ६० मत मध्य ४४७ मत प्राप्त गरी उनि क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी कृष्णराज पण्डितले ३९६ मत प्राप्त गरे ।

सभापतिमा निर्वाचित खनाल नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष समेत हुन । सभापति खनाल प्यानललाई केन्द्रमा संस्थापन समूहको साथ थियो ।

यसैगरी, सचिवमा खनाल प्यानलका जीवन चन्द तथा सन्तोष घिमिरे निर्वाचित भएका छन् । कुल खसेको मत मध्ये तनहुँ क्षेत्र न २ को (क) बाट ४ सय ४४ मत रहेको छ भने, क्षेत्र नं. २ को (ख) बाट ४ सय १६ मत खसेको छ ।

तनहुँको क्षेत्र नं २ मा मतदाताको संख्या ८ सय ६६ रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS