images
images
images

काँग्रेस महाधिवेशन: तनहुँको दुई निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै, को-को छन् चुनावी मैदानमा ?

images

तनहुँ । नेपाली काँग्रेस तनहुँको दुई निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज जिल्लाको दुई निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो ।

दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा प्यानलसहित आज क्षेत्रीय पदाधिकारी चयनका लागि मतदान हुँदैछ । क्षेत्र नम्बर १ का लागि तनहुँको दमौली र क्षेत्र २ का लागि बेलचौतारामा मतदानमार्फत नेतृत्व चयन हुँदैछ ।

दुवै क्षेत्रमा नेतृत्वका लागि प्यानल खडा गरेर दुई समूह प्रतिष्पर्धामा छन् ।

                       क्षेत्रीय सभापतिका लागि क्षेत्र नं १ मा बाँस्तोला र मौरती, क्षेत्र नं २ मा पण्डित र खनाल मैदानमा

क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति पदका लागि विश्व बाँस्तोला र श्याम मौरती तथा क्षेत्र २ मा कृष्णराज पण्डित र चुडामणि खनाल मैदानमा छन् ।

क्षेत्र १ का सभापति उम्मेदवार बाँस्तोलालाई केन्द्रमा संस्थापन समूहको साथ छ भने मौरतिलाई संस्थापन समूहको साथ छ ।

यसैगरी, क्षेत्र २ का सभापति उम्मेदवार कृष्णराज पण्डितलाई केन्द्रमा गैर संस्थापन तथा चुडामणि खनाललाई केन्द्रमा संस्थापनको साथ छ ।

दुवै समूह सबै पदमा प्यानल लिएर अघि बढेका छन् । केही पदमा भने सर्वसम्मति भएको छ ।

पवित्रा पौडेल क्षेत्र १ को खस आर्य महिलातर्फ सर्वसम्मत केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । बाँकी पदमा भने आज हुने मतदानले टुंगो लगाउनेछ ।

जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदीप पौडेलले गैर संस्थापन तथा केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले संस्थापन समूहको नेतृत्व गरिरहेका छन् ।

तनहुँका प्रमुख निर्वाचन अधिकृत भानुभक्त सुवेदीले जिल्लाको दुई वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए ।

यसअघि तनहुँमा शुक्रबार र शनिबार दुई निर्वाचन क्षेत्रको ४ प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसले यसअघि जिल्लाका ८५ वडा र १० स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ ।

काँग्रेसले आगामी मङ्सिर १० गते जिल्ला अधिवेशन, मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन र मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS