images
images
images

एउटै व्यक्ति ३० वर्षदेखि लगातारको महाधिवेशन प्रतिनिधि: यसपाली कांग्रेसमा युवाले पाउलान त ठाउँ ?

images

तनहुँ । नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिका रुपमा एउटै व्यक्ति ३ दशकदेखी निरन्तर रहेका छन् । तनहुँबाट कांग्रेस नेता रामचन्द्र पोख्रेल र रघुनाथ पौडेल विगत ३० वर्षदेखी निरन्तर केन्द्रिय महाधिवेशन प्रतिनिधि रहेका छन् ।

झापा महाधिवेशन(२०४८)देखि आफु निरन्तर महाधिवेशन प्रतिनिधि रहेको कांग्रेस नेता रामचन्द्र पोख्रेल बताउछन । उनले भने ‘झापा महाधिवेशनबाट नै म निरन्तर महाधिवेशन प्रतिनिधिका रुपमा छु ।’

अहिले आफु महासमिति सदस्य लड्नका लागी केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न खोजेको नेता पोख्रेल बताउछन । उनले अगाडी भने ‘म केन्द्रीय सदस्य परिन, त्यसैले वडा बाटै जितेर आउनुपरेको छ ।’

यस्तै अर्का कांग्रेस नेता रघुनाथ पौडेल पनि ३० वर्षदेखि केन्द्रिय महाधिवेशन प्रतिनिधि:रहेका छन् । अहिले पनि उनि महाधिवेशन प्रतिनिधिका रुपमा अगाडी आउन खोजेका छन् । उनि भन्छन ‘पार्टीको गण्डकी प्रदेशको सभापतिमा उठ्नका लागी महाधिवेशन प्रतिनिधिमा आएको हुँ ।’

उनले अगाडी भने ‘९ जिल्ला भ्रमण गरिसके अब अन्य बाँकी पनि गर्नेछु ।’

यस्तै अर्का नेता रामचन्द्र अधिकारी पनि जनकपुर महाधिवेशनदेखि आफु निरन्तर महाधिवेशन प्रतिनिधि रहेको बताउछन । जिल्ला सभापति लड्ने चहाना आफ्नो भएको नेता अधिकारी बताउछन । उनी भन्छन ‘केन्द्रिय सदस्य पनि लड्न महाधिवेशन प्रतिनिधि हुनुपर्ने भएकाले आगाडी आएको हुँ ।’

समयअनुसार युवालाई अगाडी ल्याउनुपर्ने कांग्रेस नेता पोख्रेल बताउछन् । तर उनि आफै अझै उक्त पदका लागी लड्न छोडेका छैनन । त्यस्तै नेता पौडेल र अधिकारी पनि युवा अघि आउनुपर्ने बताउछन । तर आफुहरु नै पदका लागी अगाडी आउछन ।

नेपाली कांग्रेसमा अहिले युवा अगाडी आउनुपर्ने र पुराना धर्रालाई बिदाइ गर्नुपर्ने आवाज उठिरहेको छ । त्यस्तो आवाज उठीरहेको बेला पुन: अघिल्लो पुस्ता नै पदका लागी अघि आउँदा युवा फेरी पनि पछी नै बस्नुपर्ने हो की भन्ने महसुस युवाहरुले गरेका छन् । यसपालीको १४औं महाधिवेशनमा युवाले कति ठाउँ पाउलान त्यो पछि नै थाहा होला !

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS