images
images
images

कांग्रेस क्षेत्रीय अधिवेशन: तनहुँ क्षेत्र नं १ तर्फ ८ जना सदस्य निर्विरोध

images

तनहुँ । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार हुने क्षेत्रीय अधिवेशनमा तनहुँ क्षेत्र नम्बर १ तर्फ आठ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार उम्मेदवारी दर्ता भएकामा आठ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

दलित सदस्यमा लक्ष्मी परियार, प्रदेश सभा १ (क) बाट हुने महिला सदस्यमा मधु दमै, प्रदेश सभा १ (क) बाट हुने अन्य सदस्यमा पविन्द्र भट्टराई र जमिर हुसेन, महिला सदस्य खसआर्यमा कल्पना भकुण्डी, प्रदेश सभा १ (ख) बाट हुने महिला सदस्यमा इन्द्रमाया थापा मगर र प्रदेश सभा १ (ख) बाट हुने अन्य सदस्यमा गोविन्द गिरी र रामभक्त भट्टराई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS