images
images
images

तनहुँका एसपी मैनालीको ५ महिना मै सरुवा, रेग्मी आउने

images

तनहुँ । नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनिहरुको सरुवा गर्ने निर्णय भएको हो । २२ प्रहरी उपरीक्षकको सरुवा हुँदा तनहुँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीको पनि सरुवा भएको छ । मैनाली गत ५ महिना अघि मात्रै जिल्लाको सुरक्षा नेतृत्व सम्हाल्न आएका हुन् ।

एसपी मैनालीको महानगरीय प्रहरी परिसर काठमाडौमा सरुवा भएको छ ।

एसपी मैनालीको ठाउँमा राजेन्द्र बाबु रेग्मी आउने भएका छन् । एसपी रेग्मी यसअघी सुदुरप प्रदेश सशस्त्र प्रहरी गणमा कार्यरत थिए ।

निर्णयअनुसार प्रचलित नियमानुसार तलव, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS