दमौली
आन्तरिक राजस्व कार्यालय दमौली र तनहूँ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा दशौं राष्ट्रिय कर दिवस २०७८ तथा कर सप्ताहको अवसर पारेर करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा करदाताका लागि नेपाल सरकारले दिएका छुट तथा सुविधा सहितका नयाँ स्किम बारे कर अधिकृत युक्त सुवेदीले प्रस्तुत गरेका थिए । कर
अधिकृत सुवेदीले डाक्टर, वकील, पत्रकार, लेखापढी व्यवसायी, परामर्शदाता, मध्यस्थकर्ता, लेखापरीक्षक लगायतका प्राकृतिका व्यक्तिलाई करको दायरा र त्यसमा लाग्ने शुल्क था व्याजका बारेमा जानकारी गराएका थिए ।
मंसिर ७ सम्म यस्ता करदाता शिक्षा कार्यक्रम आयोजना गरिने र मंसिर ६ गते भिमाद तथा मंसिर ७ गते शुक्लागण्डकीमा यस्तै कार्यक्रम आयोजना गरिने प््रमुख कर अधिकृत नारायण ढकालले बताए ।