
तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले तनहुँका जनताले ठुलो नेता होइन विकास गर्ने नेता खोजेको बताए ।
सो कुरा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) व्यास-४ को आयोजनामा भएको अगुवा कार्याकर्ता भेलामा श्रममन्त्री श्रेष्ठले बताएका हुन ।
श्रममन्त्री श्रेष्ठले भने ‘कुनैपनि दाग नलाग्ने गरी निष्ठा पुर्वक काम गर्छु ।’
‘जे गर्न सक्छु त्यो बोल्छु ।’ श्रममन्त्री श्रेष्ठले भने ‘बोलेको कुरा पुरा गर्छु ।’ मन्त्री श्रेष्ठले भने ‘कोहि बेरोजगार हुनुपर्दैन, सबै जनाले सिप अनुसार रोजगार पाउछन ।’
जनताको काम गरेर फेरी पनि आउने श्रममन्त्री श्रेष्ठले बताए ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ रहेका थिए । उक्त वडाभेलामा उल्लेख्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।