damuli hospatail

२४ मंसिर २०८०, आईतवार

तनहुँ कांग्रेसको सचिवमा लक्ष्मीभक्त खनालको उम्मेदवारी घोषणा

तनहुँ । नेपाली काङ्ग्रेसका युवा नेता लक्ष्मीभक्त खनालले जिल्ला सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । खनालले बिहीबार १४औ महाधिवेशनमा पार्टीको जिल्ला सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर १० गते हुँदैछ । काङ्ग्रेसलाई चलायमान बनाउनका लागि आफ्नो उम्मेदवारी रहने खनालले बताए ।

सङ्गठन सुदृढीकरणका साथै गाउँ-गाउँमा पुगेर जनताको सेवा गर्ने उद्धेश्यका साथ जिल्ला सचिवमा उम्मेदवारी दिने खनालले बताए । उनले भने ‘पार्टीका कार्यकर्ताका साथै आम जनताको सेवा गर्ने मेरो मुख्य लक्ष्य हुनेछ ।’

दई पटक नेपाल विद्यार्थी सङ्घको अध्यक्ष भएका खनाल हाल जेसीआई व्यास नगरका अध्यक्ष हुन् । सामाजिक सेवामा सक्रिय खनाल युवामाझ लोकप्रिय छन् । खनाल हाल नेपाली काङ्ग्रेस जिल्ला आमन्त्रित सदस्य समेत हुन् । खनाल नेपाल विद्यार्थी सङ्घका पूर्व सहमहामन्त्री पनि भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

sukala