images
images
images

व्यास नगरपालिकामा अब अनलाइनबाटै भवन निर्माण अनुमति, ‘घरनक्सा’ सफ्टवेयर संचालनमा

images

 

तनहुँ । तनहुँको व्यास नगरपालिकामा अनलाइनबाट भवन निर्माण अनुमति प्रक्रियाका लागी “घरनक्सा” सफ्टवेयर संचालनमा ल्याईएको छ ।

भवन निर्माण अनुमति प्रक्रिया तथा भवन निर्माण सुपरिवेक्षण जाँच गर्ने कार्यलाई व्यवस्थित, वैज्ञानिक र चुस्त बनाउनको लागि “घरनक्सा” अनलाइन भवन निर्माण अनुमति प्रक्रियाको प्रयोग गरी सञ्चालन गर्न व्यास नगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालबीच गत असार १५ मा सहमति भएको थियो। सोही सहमति अनुसार भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालले “घरनक्सा” निर्माण, सञ्चालन र मर्मतमा परामर्श सेवा उपल्ब्ध गराएको छ ।

सोमबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उक्त सफ्टवेयरको प्रयोग गरी सेवा सुचारु गरेका थिए । सो अवसरमा घरनक्साको प्रक्रिया लामो हुँदा व्यवस्थित हुन नसकेको प्रमुख वाग्लेले बताए । उनले अगाडी भने ‘अब सेवाग्राहीले पहिले जस्तो दुख पाउनेछैनन् ।’

‘कर पनि अनलाइन माध्यमबाट तिर्ने व्यवस्था भए कर प्रणाली सहज हुन्थ्यो ।’ प्रमुख वाग्ले भने ‘मोबाइल बैंकिङमार्फत कर तिर्ने व्यवस्था गर्न व्यास नगरपालिकालाई अनुरोध गर्छु ।’ देशमै उत्कृष्ट प्रविधिमैत्री नगरपालिका बन्न व्यास नगरपालिकालाई प्रमुख वाग्लेले सुझाव दिएका थिए ।

नगरपालिकामा प्रत्येक वर्ष ६००-७०० को संख्यामा भवनहरु निर्माण भईरहेको र घरधनीहरु भवन निर्माण अनुमति प्रक्रियाका लागि पटक पटक नगरपालिकाको कार्यालय जानुपर्ने बाध्यता हटाउन उक्त सफ्टवेयर संचालनमा ल्याइएको व्यासनगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

घरनक्साको प्रयोगबाट भवन निर्माण अनुमतिका सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्ने र भवन निर्माण अनुमति प्रक्रियाको इलेक्ट्रोनिक अभिलेखिकरण गर्ने नगरपालिकाले जनाएको छ ।

यस्तै आवश्यकता अनुसार तथ्याङ्कहरुको विश्लेषण गरी उपयुक्त नीतिहरु तर्जुमा गर्न सहयोग गर्ने, भवन अनुमति प्रक्रियालाई पारदर्शी बनाउने तथा भवन संहिता तथा भवन मापदण्डको पालनामा उल्लेखनीय वृद्धि गर्न सघाउने उद्देश्य रहेको समेत नगरपालिकाले जनाएको छ ।

अहिलेसम्म व्यास नगरपालिकामा भवन अनुमति प्रक्रियाका कागजात तथा रेकडहरु कागजी फारममा भण्डारण गरिएको र कागजातहरुको विशाल मात्रा, यसको भण्डारण र समयमा कागज आधारित डाटा गमाउने संभावना नगरपालिकाको लागी एक गम्भीर चिन्ताको विषय बनेको हुँदा सो सफ्टवेयर प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

अहिले सम्म यहाँ निर्माण गरिएका भवनहरुको डिजिटल डाटाबेसको नभएको साथै भवन निर्माणको अनुगमन र भविष्यको योजनाको लागी भवनहरुको तथ्याङ्क राख्ने व्यवस्था नभएको हुँदा समस्या देखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको लागि एक प्रभावकारी र सहज नक्सापास प्रक्रिया प्रणालीको विकास गर्न घरनक्साको माध्यमद्वारा घरधनीहरुलाई सहज प्रणाली, ग्राहक सेवा वृद्धि र भवन निर्माणको तथ्याङ्क सुरक्षित भण्डारणको अवधारणा बनेको भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालका कार्यकारी निर्देशक सुर्यनारायण श्रेष्ठले जानकारी दिए ।

घरनक्साबाट के के गर्न सकिन्छ ?

• घरनक्सा मार्फत अनलाइनबाट जहाँबाट जतिबेला पनि दर्ता गर्न सकिने
• भवन निर्माण अनुमति (नक्सापास) आवेदनको व्यवस्थापन नक्सापास प्रक्रिया कागजातहरुको सहज भण्डारण
• नक्सापास प्रक्रियाको सहज अनुगमन (Tracking) फिल्ड अनुगमनमा सहयोग/सहजता
• भवन संहिता तथा भवन मापदण्डमा भएका प्रावधानहरुको अनुपालन जाँचमा सहजता
• घरधनी, डिजाइनर, ठेकेदार तथा डकर्मीहरुको जानकारी
• डाटा ब्याकअप र सफ्टवेयर सुरक्षाको राम्रो प्रावधान
• घरधनी, डिजाइनर, ठेकेदार तथा डकर्मीहरुको सुरक्षित भवन निर्माणको लागि आवस्यक कागज रिपोर्ट, डिजाइन
• प्रयोगकर्ताको आवश्यकता अनुसार statistical / geospatial रिपोर्ट निकाल्न सकिने

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS