images
images

बूढीगण्डकी बाढीका कारण जोखिममा परेका ६ जनाको हवाई उद्धार

images

२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ६ जनालाई हवाई उद्धार गरिएको छ ।

प्रधानमन्त्री बालेन शाहले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीपहिरो जोखिम क्षेत्रबाट ६ जनाको उद्धार गरिएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री शाहले लेखेका छन्, ‘बूढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ । काठमाडौँमा रहेको कम्पोजाइट क्विक रियाक्सन टिम समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।’

बूढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको उनले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS