images
images

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

images

२२ असोज, काठमाडौं । पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष उनले आज शपथ लिएकी हुन्।

आजको स्थायी कमिटी बैठकमा उनले शपथ लिएको एमालेले जनाएको छ। पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो ।

वरिष्ठ उपाध्यक्षको रूपमा उनी एमाले बैठकमा सहभागी हुन लागेको यो पहिलोपटक हो ।

वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक बैठकमा सहभागी भएकी हुन् । ८ असोजको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति बन्नुअघि उनी एमालेको उपाध्यक्ष थिइन् ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS