images
images

त्रिविमा यो वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने, सातै प्रदेशमा दीक्षान्त गर्ने तयारी

images

२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने भएका छन् ।

त्रिविको ६७औँ वार्षिक दिवस बैठकमा रजिस्ट्रार डा. रवीन्द्र अधिकारीले ६४औँ ग्रेसलिस्टसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै १ असार २०८२ सालदेखि २०८३ साल असार मसान्तसम्म विभिन्न तह उत्तीर्ण गरेका कुल ९५ हजार ५४० विद्यार्थी दीक्षान्तका लागि योग्य रहेको जानकारी दिए ।

कुल विद्यार्थीमध्ये प्राविधिकतर्फ १५.१० प्रतिशत र साधारणतर्फ ८४.९० प्रतिशत रहेका छन् । यस्तै, एमफिलतर्फ २५३, पीजीडीतर्फ १८४ र विद्यावारिधितर्फ १६६ जना रहेका छन् ।

संकायगत रूपमा व्यवस्थापन संकायबाट सबैभन्दा धेरै ४३ हजार १४२ विद्यार्थी उत्पादन भएका छन् । शिक्षाशास्त्र संकायबाट १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार ४४१ र कानुन संकायबाट ३ हजार १ विद्यार्थी रहेका छन् ।

त्यस्तै, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानबाट ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट ४६३ र वन विज्ञान अध्ययन संस्थानबाट १९२ विद्यार्थी दीक्षान्तका लागि योग्य भएका छन् ।

रजिस्ट्रार अधिकारीका अनुसार विद्यार्थीहरूको दीक्षान्त कार्यक्रम २०८३ साल पुसमा काठमाडौंमा मूल दीक्षान्त समारोह आयोजना गरी सम्पन्न गर्ने तयारी छ ।

साथै, विद्यार्थीलाई सहज हुने गरी सातै प्रदेशमा समेत दीक्षान्त समारोह आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS