२५ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न आग्रह गरेका छन् ।
गोरखा जिल्लामा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले व्यापक भौतिक क्षति पुर्याएको छ । कालो लेदोसहित आएको बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर तथा बजार क्षेत्रमा क्षति पुर्याएको छ ।
चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा पुर्याएको क्षति तथा पुल र घरहरू बगाएको छ ।
यस अवस्थाबारे सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न आग्रह गरेका हुन् ।
प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु । साथै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु,’ उनले सामाअनलाइनखबरजिक सञ्जालमा लेखेका छन्, ‘यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट बनौँ ।’अनलाइनखबर