images
images

काठमाडौं प्रहरीको स्विप अपरेसन, ९२ जना पक्राउ

images

११ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्विप अपरेसन चलाएर २४ घण्टाको अवधिमा ९२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँहरूबाट ९२ जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता तथा एसपी दानबहादुर थापाले बताए । पक्राउ परेका मध्ये ८४ पुरुष र ८ महिला छन् ।

अपराध रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुव्यवस्था कायम गर्न उच्छृङ्खल गतिविधि गर्ने तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई विशेष निगरानी गर्दै कारबाही गरिएको प्रहरीले बताएको छ ।अनलाइनखबर

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS