१०भदौ, गोरखा । गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ। बुधबार बिहान पालुङटार नगरपालिका ४ र ५ का तीर्थयात्री बोकेर गोसाइकुण्ड गएको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
डीएसपी राजकुमार श्रेष्ठका अनुसार बसमा ३८ जना यात्रु सवार थिए। उनीहरुमध्ये ३४ जना सम्पर्कविहीन रहेको उनले बताए । ‘चार जना बसबाट हाम फालेका रहेछन्, सम्पर्कमा आए,’ उनले भने, ‘बाँकी सम्पर्कमा छैनन्।’
बससँगै गएको दुई वटा माइक्रो भने सम्पर्कमा रहेको डिएसपी श्रेष्ठले जानकारी दिए । माइक्रोमा २६ जना यात्रु सवार थिए।अनलाइनखबर















