images
images

बिज्ञान र प्रबिधि

images
शम्भुबहादुर अधिकारी
मानव जातीको उत्पति र बिकास संगै यो संसारको संरचनाबारे मानिसहरूले आफ्ना दृष्टिकोणहरू अभिब्यक्त गर्दै आएका छन।सामान्यतः पृथ्वी,आकास,हावा,पानि,नदीनाला, बनजंगल,पशुपंक्षी,सूर्य, चन्द्र र मानव जाती समेत एउटा अलौकिक शक्तिको सिर्जना हो भन्ने प्रारंभिक समयको चिन्तन थियो।तर ती प्रारंभिक चिन्तनहरूमा तत्कालीन अबस्थाका पशुपालन,बन्यजीबन, जीबनशैली,बाताबरण,भूगोल,प्रारंभिक चिन्तनशैली,भाषा,बोली,संचारका माध्यमहरू,भूकम्प,ज्वालामूखि ,नदिनालाका प्रारम्भिक तहका कुराहरूबारे मात्र जान्न र बुझ्न सकिन्थ्थो।
जीबन र मृत्यु पनि त्यस्बेला मानिसहरूको लागि रहस्यका कुरा बने।
जन्मको र।मृत्युको कारणबारे तत्कालीन मानिसहरू अनभिज्ञ थिए।
सामान्य बिचार र सोकको बिकाससंगै मानिसहरूमा तर्कहरूको जन्म भयो।तर्कहरूले जीबन र जगतको उत्पति र बिकासको कारण खोज्यो।लामो समयकालमा आफ्ना गतिबिधि र कृयाकलापका कारण
बोली,भाषा,लेखन,संकेतको बिकाससंगै आफ्ना आबश्यकताहरूबारे एक अर्कामा आदान प्रदान गर्न जान्यो।तत्कालीन अबस्थाका ती मानबीय कार्यहरू र चिन्तन शैलिहरू दर्शनशास्त्रका प्रारंभिक चरणमा थिए।पहिला पहिला दर्शनशास्त्रका बिभिन्न शाखाहरू एउटै बिधामा राखिएको थियो।ब्रम्हाण्ड बिज्ञानबारे तत्कालीन अबस्थामा मानिसहरूले बिभिन्न खोजमूलक कार्यहरू सुरू गरे।धनुर्बाण,हंसिया , बन्चरो,आगो पार्ने चक्मा,खेतिगर्ने र पशुपालनका तरिकाहरू,उपचारबिधि,सौर्यमण्डलको अध्ययन,चन्द्र सूर्य ग्रहण आदि पद्दतिहरू बिकसित हुदै गए।पूर्बीय दर्शनमा पनि चन्द्र सूर्य ग्रहण ,बार,गते,शून्य अंक,ज्योतिष जस्ता बैज्ञानिक तथ्यहरू बिकास भएका छन जस्को लागि पश्चिमाहरू पूर्बीय दर्शन प्रति अनुग्रीहित छन।बिज्ञान र प्रबिधिको बिकाससंगै बिज्ञानका शाखाहरू पनि छुट्टिदै गए।साहित्य,कला,धर्म दर्शन,रासायनिक बिज्ञान,भौतिक शास्त्र,गति बिज्ञान,ज्योतिष शास्त्र,गणित बिज्ञान,बनस्पति बिज्ञान,जीब बिज्ञान,मानवजातिको उत्पति र बिकासको सिद्धांत,कम्प्यूटर बिज्ञान,अन्तरिक्ष बिज्ञान,कृषि बिज्ञान,मानव शरीर बिज्ञान आदि अनेक सिद्धांतहरू प्रतिपादन गरिएका छन।बिज्ञानमा भएको बिकाससंगै तिनीहरू बिभिन्न शाखामा बाडिएका छन।तिनीहरूले आआफ्नो क्षेत्रको सूक्ष्म अध्ययन गर्दछन।यदी बिज्ञानले नयानया बस्तु र त्यस्को प्रक्रियाबारे बिशद ब्याख्या र प्रयोग नगरेको भए,आज हामी अन्धकार युगमा नै बाच्ने थियौ,हामीले अन्तरिक्षको कल्पना गरेका हुन्थेनौ।बिज्ञानले प्रकृति जगत ,ब्रम्हाण्ड,समाज र मानब जीबनका सिद्धांत र प्रबिधिलाइ प्रयोग गर्दछ र त्यस्लाइ ब्यबहारमा प्रयोग गरि बास्तबिकतालाइ प्रभाबित गर्दछन।
बिज्ञानउत्पादन,बर्गसंघर्ष, बैज्ञानिक प्रयोगमा आधारित हुन्छ।जब कुनै बस्तु प्रयोग,परीक्षण र अनुसन्धानबाट सही ठहरिदैन भने त्यस्लाइ बिज्ञानको कोटीमा राख्न सकिदैन।आधुनिक बिज्ञानले बिज्ञानका शाखाहरूलाइ बिशिष्ठिकृत रूपमा अध्ययन गर्दछ।सौर्यमण्डल,तारापुञ्ज,आकासगंगा धेरै टाढा भयेर पनि हाम्रा आखाहरूले देख्न सकिन्छ यद्यपी प्रबिधिको बिकास भइ सकेको थिएन।यो ब्रम्हाण्डमा यति सूक्ष्म कणहरू वा बस्तुहरू पनि छन जस्लाइ हामीले देख्न सक्तैनौ।तर बैज्ञानिकहरूले त्यस्को निरीक्षण गर्नका लागि बैज्ञानिक उपकरण र प्रबिधिको बिकास गरेका छन।उनीहरूले यस्तो सूक्ष्मदर्शक यन्त्र बनाएका छन कि हामीले त्यस्को माध्यमबाट १०औलाख गुणाबढी ठूलो बस्तुको रूपमा देख्न सक्दछौ।सुरूका दिनहरूमा आकाश,चन्द्रमा,सूर्य,तारा ,पृथ्वी आदिलाइ ईश्वरीय देन हुन भन्ने गरिन्थ्यो।तथ्य कुरा भन्न तत्कालीन अबस्थामा मानिसहरूले ज्यानको बाजी लगाउनु पर्थ्यो।कुनै कुरा धर्मको बिरूद्ध थियो भन्ने धर्माधिकारीहरूलाइ लागेमा त्यस्लाइ मृत्युदण्ड दिइन्थ्यो ।प्राचीन समयमा त्यस्ता घटनाहरू प्रशस्त घटेका थिए।थुप्रै बैज्ञानिकहरूले साचो कुरा गर्दा मृत्युबरण गर्नु परेको थियो।तर उनीहरूले आफ्नो खोजी निरन्तर जारी राखे ।अन्ततः उनीहरूको प्रशिद्धि बिश्वब्यापी बन्यो।बैज्ञानिकहरूले धर्माधिकारीसंग आत्मसमर्पण गरेनन।
धर्मशास्त्रले भूकेन्द्रीत सिद्धांतलाइ अक्षुण्ण ठान्थे।त्यो सिद्धांत अनुसार सूर्यले पृथ्वीको वरिपरि घुम्छ भन्ने तर्क थियो।तर बिज्ञानको क्षेत्रमा पोल्याण्डका खगोल शास्त्री निकोलश कोपर्निकसले सूर्यकेन्द्रित सिद्धांतको प्रतिपादन गरे ।भौतिक बिज्ञानले ब्रम्हाण्ड,सौर्यमण्डल,पृथ्वी र प्रकृतिका बिबिध बस्तु तथा घटनाक्रमको अध्ययन गर्दछ।कोपर्निकस पृथ्वीले सुर्यको परिक्रमा गर्दछ भन्ने पहिला ब्यक्ति हुन जुन सिद्धांत धर्मशास्त्रको बिरूद्ध थियो।खगोलशास्त्रमा यस सिद्धांतले ठूलो फड्का मार्यो।समाज बिज्ञानले समाजको बिकास ,त्यस्को छनौट ,समाजमा आपसीसंबन्ध,इतिहास,अर्थशास्त्र,समाज शास्त्र ,मनोविज्ञान,कानून,संस्कृति आदि बिभिन्न क्षेत्रको सामाजिक बिज्ञानको अध्ययन गर्दछ।पहिला धर्मशास्त्रीहरूले मूलतः पादरीहरू र पोपहरूले भूकेन्द्रित अप्रमाणिक सिद्धांतको घोषणा गरे ।उनीहरूको तर्क यो थियो कि त्यो भगवानको भबिष्यबाणी भयेकोले त्यस्का बिरूद्ध बोल्न निषेध गरिएको थियो।कोपर्निकसको सिद्धांत बैज्ञानिक तथ्ययुक्त र क्रान्तिकारी थियो, जुन धर्मबाट बिल्कुल स्वतन्त्र थियो।भूकेन्द्रित सिद्धांतलाइ ईश्वरीय अनुकम्पा ,घोषणा,भनियो,जुन टोलेमिले पनि समर्थन गरेका थिए।ईश्वरद्वारा सिमित जगत जुन चर्चले स्विकारेको थियो ,कोपर्निकसको सूर्यकेन्द्रित सिद्धांतले घातक प्रहार गरेको थियो।उन्को सिद्धांतलाइ चर्चले कडा आलोचना गर्यो र ईश्वरबिरोधी सिद्धांत करार गर्यो।पहिला बैज्ञानिकहरूले उन्का सिद्धांतलाइ थप बिकासमा जोड दिए।त्यस्बाट आकास गंगा ,तारापुञ्ज,र ब्रम्हाण्डको सटिक ब्याख्यामा मदत पुग्यो।उनी परमाणुबाद तथा खगोल शास्त्रको परिकल्पनासरूसंग अबगत थिए।खगोल बिज्ञान भनेको पीण्डहरूको प्रणालीहरू र अन्तरिक्षिय पदार्थका उच्च रूपहरूको स्थिति,गति,संरचना र बिकासको बिज्ञान हो।यस्ले पीण्ड,धुलो, ग्यास,आदि क्षेत्रको नियमको अध्ययन गर्दछ।अबलोकनको माध्यमबाट अन्तरिक्षका पीण्डहरूको अध्ययन गरिन्छ।खगोल बिज्ञानको आधारमा मानब मष्तिष्कको स्थापना त्यस्लाइ भौतिक बस्तुहरूबाट पृथक गर्नुको कारण पाइथागोरसको निष्कर्षमा पुगे भने परिणात्मक संबन्ध बस्तुहरूको सार हुन।यस आधारमा गणीतिय प्रतिकबाद र अंकहरूको अन्धबिस्वासपूर्ण रहस्यबादको समर्थन भयो।उन्को यस धारणा आदर्शवादी र रहस्यबादी प्रकृतिका रूपमा समर्थित हुदै गए।
बिश्व गतिशील पदार्थको एउटा सृष्टिको रूपमा जगत र त्यस्मा अबस्थित पृथ्वी,सौर्यमण्डल,आकासगंगा,सारा तारापुञ्जहरू समेटिएका हुन्छन।बिज्ञानले अझै पत्ता नलगाइ सकेका पदार्थहरू ब्रम्हाण्डमा खोजि भै रहेको छ।ब्रम्हाण्डलाइ मूलतः त्यो भाग मान्न थालिएको छ ,जुन पृथ्बीको अति निकट छ।तर त्यो स्वयं पृथ्वी होइन।प्रचीनकालमा ब्रम्हाण्ड संबन्धी खोजमा अबलोकनबिधि प्रयोग गरिन्थ्यो,त्यो समष्ठिको एकमात्र भाग हो।तिनै पुराना खोजकर्ताको प्रत्यक्ष स्वरूप ,ब्रम्हाण्ड संबन्धी बिषय बस्तुहरू अगाडि आए ।तत्कालीन अबस्थामा त्यस्को जाच गर्ने प्रबिधिको बिकास भै सकेको थिएन,जुन ब्रम्हाण्डीय बस्तुहरू पत्ता लगाइयो त्यो अनुसंधानकर्ताको नाङ्गो आखाबाट संभब भयेको थियो।प्राचीन भ्रमपूर्ण यूनानी दर्शनको भूकेन्द्रित प्रणालिको जन्म भयो ,जुन केही समय पछि त्यस्लाइ सूर्यकेन्द्रित प्रणालीले लियो।भूकेन्द्रित प्रणाली चर्च तथा शास्त्रबादको आधारमा अगाडि सारिएको थियो।न्यूटनले पत्ता लगाएको गुरुत्वाकर्षणको सिद्धांतले ब्रम्हाण्डको समस्यालाइ एक अर्कोलाइ आकर्षित गर्ने पीण्डहरू एक अर्कोसित जोडिएका हुन्छन भन्छ।माथिबाट एकै चोटी खसालिएको बिभिन्न तौलका दुइटा बस्तुहरू पृथ्वीको गुरुत्वाकर्षणका कारण ति दुबै बस्तु पृथ्बीमा एकै पटक खस्दछन भन्ने कुरा न्यूटनले पत्ता लगाए। खगोल शास्त्रको एउटा शाखाले आकाशीय पीण्डहरू तथा तिनिहरूका प्रणालीहरूको उत्पति तथा तिनिहरूको बिकासको अध्ययन गर्दछ।ब्रम्हाण्डको उत्पति संबन्धी सिद्धांतलाइ बिभाजन गर्न सकिन्छ,तर ती एक अर्कामा संबन्धित हुन्छन।त्यस सिद्धांतका अनुसार खगोलशास्त्रका शाखाहरू ,भौतिकशास्त्र,भूबिज्ञान,र पृथ्वीसंग संबन्धित अन्य बिज्ञाबाट प्राप्त प्रमाणमा आधारित छन।कान्टको परिकल्पना तथा लापलासको परिकल्पनाको बिकल्पले सौर्यमण्डलका केही मूलभूत संरचनागत बिशिष्ठताहरूको स्पस्टिकरण गर्न सकेनन।तथ्यहरू निरंतर संचित हुदै छ ,तर अझै समस्याको पूर्ण समाधान हुन सकेको छैन।
भौतिक बिज्ञान भनेको भौतिक कण,पदार्थ,ग्यास र त्यस्का गतिहरूका गुणहरू ,नियमहरू परमाणुको संरचना ,गुरूत्व,चुम्बकीय तथा अन्य पारस्परिक क्रियाहरू आणबिक प्रतिक्रियाको बिज्ञान हो।प्राचीनकालमा भौतिक बिज्ञान शब्द प्रकृतिको बिषयमा ज्ञानको कुल योगको द्योतक थियो।पछि भौतिक बिज्ञानलाइ पीण्डहरूका गतिलाइ शासित गर्ने निर्णयहरू ध्वनी बिद्युतिय,चुम्बकीय खरबौ प्रकाश बर्षको दुरी र समयमा अरबौ खरबौ अतीतका बस्तुहरूसंम प्रबेश गर्न सक्दछ।खगोल बिज्ञानले भौतिक बिज्ञानको अनुभबजन्य अधिकारलाइ प्रचार गर्दछ।तर सर्बप्रथम स्वयं भौतिक बिज्ञानहरू र तिनिहरूका बिधिहरू ,साधनहरूमाथि आधारित रहन्छ।खगोलशास्त्रीहरू अब प्रयोगमा जानथाले।खगोल बिज्ञान प्राचीनतम बिज्ञानहरू मध्ये एक हो।धर्मशास्त्रका बिरूद्ध बैज्ञानिकहरू खरो रूपमा उत्रिए।यान्त्रिक बिज्ञानमा ग्यालिलियोको मूख्य उपलब्धी जडताको नियम र सापेक्षताको सिद्धांतको खोज,त्यस्ले पीण्डको कुनै प्रणालीको स्वरूप तथा सरल रेखिए गतिले प्रणाली भित्रका प्रक्रियालाइ प्रभाबित गर्दैन।ग्यालिलियो धार्मिक जडशूत्रबादको बिरूद्ध थिए।उन्कोभनाइ यो थियो कि जगत अनन्त पदार्थ शास्वत तथा प्रकृति एक छ।उन्को जोड यो थियो ।कि अबलोकन र अनुभब प्रकृतिको ज्ञान प्राप्त गर्न प्रस्थान बिन्दु थिए।ग्यालिलियो खगोलशास्त्री र भौतिकशास्त्री थिए।उनले अरस्तुको अधिश्रद्धाबाद र जडशूत्रबादको निन्दा गरे।उन्ले प्राकृतिक घटनाहरूलाइ गणीतीय तथा ज्यामितीय निरूपणको रूपमा बैज्ञानिक प्रयोग भन्दा पहिले ब्यबस्थित ढंगबाट ब्यबहारमा ल्याउने काम गरे ।ग्यालिलियोले कोपर्निकसको सिद्धांतलाइ समर्थन गरे ।तर उनीहरू धार्मिक पूर्वाग्रहको प्रभाबबाट मुक्त हुन सकेका थिएनन,दैबिक उत्पतिलाइ स्वीकार गर्दथे।आइजक न्यूटन अंग्रेज भौतिकशास्त्री,शास्त्रिय यान्त्रिक बिज्ञानका प्रवर्तक थिए जस्ले सार्बभौम गुरुत्वाकर्षणको नियमको निरूपण गरे।उन्को सिद्धांत गणितीय सिद्धांत हो।उन्को गुरुत्वाकर्षणको सिद्धांतले सौर्यमण्डल संबन्धि सूर्यकेन्द्रित अबधारणाको पूर्तिमात्र गरेन बरू संपूर्ण ब्रह्मांडमा भौतिक तथा रसायनिक प्रकृयाहरू सहित बिभिन्न प्रक्रियाहरूलाइ ष्पष्ट गर्नका लागि बैज्ञानिक आधारशीला पनि राख्यो।न्यूटनले बस्तुगत यथार्थता र जगतको ज्ञेयतालाइ स्वीकारको स्थिति अपनाए।बर्तमान बिज्ञानले प्रकृतिलाइ तीन भागमा बाड्न सकिन्छ।१,अजैबिक प्रकृति२,सजिब प्रकृति३,समाज।
रूपान्तरण,मूल कणहरू तथा रूपान्तरण तापका प्रकृयाहरू ,ध्वनि आदि पदार्थका गतिका रूपहरू बिभिन्न आकारका आन्तरिक प्रणालीहरूमा ग्रहहरू,ताराहरू,निहारिका तथा तिनीहरूको समुच्चयहरूमा सजिब प्रकृयामा पदार्थको गतिका रूपहरू ,जीबहरू तथा अबैग्यानिक प्राणीहरूमा जीबनमूलक प्रक्रियाहरू हुन।अबैज्ञानिक पदार्थको गतिले,पर्यावरण प्रणालीमा बिभिन्न जातीहरूका प्रतिनिधिहरूको बीचका संबन्धलाइ प्रकट गर्दछन र तिनिहरूको संख्या,बिकास,क्षेत्र तथा बिकासक्रमलाइ निर्धारण गर्दछन । पाइथागोरसले गणित र खगोल बिज्ञानको बिकासमा मूल्यवान योगदान गरे।उनले अमूर्त परिणामलाइ निरपेक्ष बनाउन तथा प्रकाशकीय परिघटनाको कारणसंग संबन्धित अध्ययन भन्न थाले।शक्तिको संरक्षणको सिद्धांत भौतिक ज्ञानको सामान्वीकरण भौतिक बिचारहरूको आधार बन्यो।यसै खोजको आधारमा मार्क्स ऐङगेल्सको लागि द्वन्द्वात्मक भौतिकबाद संबन्धि बिचारको बिकास संभब बनायो।बिज्ञानको थप बिकासले के भन्छ भने द्वन्द्वात्मक भौतिकबादको पक्षमा अकाट्य तर्क प्रस्तुत गर्दछ।मार्क्सवादी दार्शनिक बिचारले भौतिक अनुसन्धानमा प्रकृतिको अध्ययनलाइ प्रेरणा प्रदान गर्दछ।
बिज्ञान अनुसन्धानसंग संबन्धित कृयाकलापको क्षेत्र हो,जुन प्रकृति,समाज तथा चिन्तनको बिषयमा नया ज्ञान प्राप्त गर्ने काममा लक्षित हुन्छ।यो अनुगमन ,परीक्षण,प्रयोग,अबलोकनमा आधारित हुन्छ।बैज्ञानिक ज्ञान ,योग्यता ,कुशलता तथा अनुभब सहित जस्को कार्य उनीहरूका बैज्ञानिक संस्थान ,प्रयोग र प्रयोगशालाको उपकरण ,अनुसन्धानका बिधिहरू ,अबधारणा तथा प्रबर्गहरूको प्रणाली,बैज्ञानिक सूचनाको प्रणाली,अनुसन्धानको पूर्बाधार साधन वा परिणामको रूपमा उपलब्ध बैज्ञानिक ज्ञानको कुल योग हो।प्रत्यक्षबादी दृष्टिकोण बिपरीत बिज्ञान प्रकृतिका वा बिशुद्ध वा बिशुद्ध बिज्ञानमा सिमित हुदैन।बिज्ञान एउटा अखण्ड प्रणाली हो,ब्रम्हाण्डमा पत्ता नलगाइएका बस्तुहरू एक पछि अर्को पत्ता लगाइदै जान्छन।बिज्ञान सामाजिक श्रम बिभाजनको अनिबार्य परिणाम हो,यस्ले तब जन्म लिन्छ जब मानसिक श्रम,शारीरिक श्रमबाट पृथक हुन्छ। बिज्ञानको जन्मको पूर्बाधार मिश्र,बेबिलोन ,भारत,चीन जस्ता पूर्बीय देशहरूमा प्रकट भए।प्रकृतिबाद दर्शनशास्त्रको एउटा अध्ययन बिधिको सिद्धांत हो।त्यस्ले जलबायुको अबस्था,भौगोलिक पर्याबरण मानिसको बीचमा जैबिक तथा जातीय अन्तरहरू आदिको सहायताबाट समाज बिकासको ष्पष्टिकरणका लागि उपयोगमा ल्याइन्थ्यो।प्रकृतिबाद मानबशास्त्रको नजिक छ।प्रकृति बिज्ञान औद्योगिक,कृषि प्रबिधि तथा चिकित्साशास्त्रका सैद्धांतिक आधार हो।यो भौतिकबाद र प्रकृतिको द्वन्द्वात्मक धारणाको बैज्ञानिक आधार हो।नैतिक शास्त्रले प्रकृति बिज्ञानका अन्य शाखाहरूको खगोल बिज्ञान ,साइबरनेटिक्स,बायोनिक्स,रसायनशास्त्र ,जीब बिज्ञान आदिको बिकासलाइ उत्प्रेरित गर्यो।
नृबंश शास्त्र पनि बिज्ञानको महत्वपूर्ण अंग हो।हेनरी मोर्गन अमेरिकी बैज्ञानिक ममानबजाती बृत्ताकार र पुरातत्वबिद हुन।उनले आदिम सामुदायिक समाजको बिकासको बिषयमा तथ्यहरू संग्रहित गरे।उनी ती प्रथम ब्यक्ति थिए ,जस्ले यो सिद्ध गरेकी परिवार एउटा ऐतिहासिक परिघटना हो।समाज बिकास संगै त्यस्को पनि परिबर्तन हुन्छ।बंशाणु बिज्ञान बंशानुगणतता तथा प्राणीहरूको शरीर रचनाको परिबर्तनको नियमसंग संबन्धित बिज्ञान हो।पछि गएर बंशानुगतता क्रोमजोम सिद्धांतको प्रतिपादन र जीनको भौतिबादी अबधारणाको बिस्तार गरिएको थियो।डार्विनले प्राणी जगतको बिकासको सिद्धांत प्रतिपादन गरे।उन्को सिद्धांत छनौटको ब्यबहार ,जीन बिज्ञान,भूबिज्ञान,जीबास्मा बिज्ञानका उपलब्धीहरूलाइ डार्विनले अबलोकनको आधारमा सामान्वीकरण गरे।बाताबरण र प्रकृतिको छनौट र आपसि संघर्षबाट आफ्नै जीबनको बिकास हुन्छ।मैथुनी र अमैथुनी क्रियाबाट बंशको उत्पादन हुन्छ र फलहरूमा परागसेचनबाट गर्भ रहन्छ र सन्तान उत्पादन हुन्छन।कहिलेकाहि प्रकृतिको छनौटबाट उत्पादित जीबहरूमा बाझोपन पनि रहन्छ भन्ने डार्विनको भनाइ छ।कुनै दुइ जातको संसर्गबाट जन्मेका बस्तु ,बोटबिरूवा,फूल आदिमा उर्बराशक्ति र बाझोपन रहन सक्छ।बाताबरण र प्रकृतिको छनौट र आपसि संघर्षबाट मात्रै जीबनको बिकास हुन्छ।समसामयिक बिज्ञान तथा प्रबिधिको प्रणालीको आधारभूत ,गुणात्मक परिवर्तन जुन प्राबिधिक संबन्धहरूमा सबै पक्षमा आउछन
मूख्य बिशेषता यो हो कि प्रबिधिले बिकासको एउटा नबीन चरणमा स्वचालनको चरणमा प्रबेश गर्दछ।उत्पादनका प्राबिधिक बिधिहरू बैज्ञानिक प्राबिधिक क्रान्तिको क्रममा परिबर्तन हुन्छन।
बैज्ञानिकहरूले अन्तरिक्षमा कालो प्वाल९कृष्ण बिबर० छ भन्ने अनुमान गरेका छन,जस्ले सेतो प्वालको बिपरीत काम गर्दछ।बैज्ञानिकहरूले कालो प्वाल प्रलयको द्योतक भन्दछन।ताराहरू ,सौर्यमण्डल,आकासगंगा,पृथ्वी ग्रहहरू कालो प्वालमा छिरे भने ती बस्तुहरूको अस्तित्व रहंदैन भन्ने अनुमान गरेका छन।ज्योतिषशास्त्र वा खगोल बिज्ञानले आकासीय पीण्डहरू र तिन्का प्रणालीहरूको तथा अन्तरिक्ष संबन्धि भूतद्रब्यका अन्य रूपहरूको स्थिति,गति,संरचना र बिकासको बिज्ञान हो भन्छ।जीब बिज्ञानको अध्ययनपनि सबैभन्दा पहिले यूनानमा भएको थियो।यो पदार्थको गतिको बिशेष रूपका कारण जीबन सजिब प्रकृतिको बिकासको नियम प्राणीका बिबिध रंप ,रचना,कार्य र उनीहरूको बिकास र पर्याबरणसंग उनीहरूको आन्तरिक संबन्धकोबारेको बिज्ञान हो।बिज्ञानको जीब बिज्ञानमा संयोजनको परिणाम बिबिध प्रकारका महत्वपूर्ण समस्यालाइ हल गर्न संभब भयेको हो।एपीक्यूरस जो यूनानी भौतिकबादी दार्शनिक थिए ,उनले संसारको संदर्भमा देबताको हस्तक्षेपको बिरोध गरे र गतिको आन्तरिक श्रोतलाइ स्वीकार गरे।आधुनिक बिज्ञानले भौतिक र सामाजिक बिज्ञानको क्षेत्रमा भए गरेका अनुसन्धान,प्रयोगहरू पनि भौतिक र सामाजिक बिज्ञानको क्षेत्रभित्र पर्दछन।मार्क्सवादले बिज्ञानले गरेका बिकासमा अनुसन्धान र प्रयोगलाइ मार्क्सवादी अध्ययन क्षेत्रको बिषय बनाउछ।सूर्यको ब्यास १३,४८,४४६ किमि रहेको छ।सूर्यले आकासगंगाको परिक्रमा गर्दछ।यस्ले गर्ने परिक्रमका कक्षलाइ तारापुञ्जीय केन्द्र भन्दछन।पृथ्वी भन्दा सूर्यको आकर्षण शक्ति२८गुना बढी छ।पृथ्वीको ओजन भन्दा सूर्यको ओजन३लाख३३हजार गुणा बढि छ।
पीण्डहरूका गतिका कारण ब्रम्हाण्डको बिस्तार हुदै जान्छ भन्ने बैज्ञानिक प्रमाणबाट थाहा हुन्छ।
समाप्त

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS