images
images

सार्वजनिक यातायातमै चोरी, २ जना पक्राउ

images

२ भदौ, काठमाडौं । सार्वजनिक यातायातमै चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोलुखुम्बु काङ्गेलका ३१ वर्षीय अजय बस्नेत र झापाको दमक नगरपालिका–६ का ४३ वर्षीय भविन्द्र विक छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले २७ साउनमा पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायात चढी एक व्यक्तिले गलामा लगाएको सुनको सिक्री चोरी गरी फरार भएको पाइएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS