images
images

प्रधानमन्त्रीलाई मधेशका नेताहरूले भने– सम्झौता रद्दीको टोकरीमा नफालिदिनुहोला

images

१५ साउन, काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले यसपटक भएका सम्झौताहरूलाई रद्दीको टोकरीमा नफाल्न प्रधानमन्त्री बालेन शाहलाई सुझाव दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटघाटका क्रममा आफूहरूले मधेशमा भएका घटनाहरूबारे ध्यानाकर्षण गराएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

सम्झौता भयो, त्यसलाई रद्दीको टोकरीमा नफालिदिनुहोला । विगतका सरकारले जस्तो नगर्नुहोला भनेका छौं,’ महतोले भेटपछि सञ्चारकर्मीसँग भने ।

मधेशमा फैलिएको आगो रोक्नका लागि राज्य संवेदनशील भएर लाग्नुपर्नेमा आफूहरूले ध्यानाकर्षण गराएको बताए ।

जुन आगो मधेशमा फैलिएको छ, त्यसलाई रोक्नुपर्यो । राज्यले रेस्पोन्स नगरेपछि त्यो रोकिंदैन नि । हामी सबै सहयोग गर्न तयार छौं । सबै पक्षको सहयोग गरेर त्यो दंगालाई रोक्नुपर्यो भनेका छौं’ महतोले भने, ‘त्यसका लागि पहल गर्नुपर्यो । ढिलो भए पनि देशको नाममा सम्बोधन गर्नुभयो, त्यसका लागि धन्यवाद छ । अलि पहिला नै गरिदिएको भए यस्तो चाहिँ हुने थिएन भनेर हामीले भन्यौं ।’अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS