१५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशका सांसदहरूसँग छलफल थालेका छन् ।
केहीबेर अघि उनले मधेश केन्द्रित राजनीतिक दलका नेताहरूसँग छलफल गरेका थिए । लगत्तै उनले मधेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल थालेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, दोस्रो चरणको छलफलका लागि मधेशका सांसदहरू मनिष झा, रोहबर अन्सारी, राजकिशोर महतो, रवि महतो लगायतका १३ जना सांसदहरू सहभागी छन् ।
प्रधानमन्त्री शाहले पछिल्ला दिनमा मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको तनाव अन्त्य गर्न र सद्भाव कायम गर्नका लागि पहल गरिरहेका छन् ।
उनले हिजोमात्रै देशबासीका नाममा सम्बोधन गरेका थिए । साथै, राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेटघाट र टेलिफोन संवाद गरेका थिए ।अनलाइनखबर















