आँबुखैरेनी ।लायन्स क्लब अफ आबुखैरेनी सिटीको भातृ संस्था लियो क्लब अफ आबुखैरेनी सिटी को वर्ष २०२६र२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।सम्पन्न निर्वाचनबाट क्लबको अध्यक्षमा मनोज बास्तोला चयन हुनुभएको छ । त्यसैगरी प्रथम उपाध्यक्षमा विकल्प अर्याल, सचिवमा मनिष श्रेष्ठ तथा कोषाध्यक्षमा आसन गुरुङ निर्वाचित हुनुभएको छ ।
क्लबका अन्य विभिन्न पदहरूमा पनि सदस्यहरू सर्वसम्मत रूपमा चयन भएको जनाइएको छ। नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै आगामी कार्यकालमा सामाजिक सेवा, युवा नेतृत्व विकास तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
लियो क्लब युवाहरूको सक्रिय सहभागितामा सञ्चालन हुने संस्था हो, जसले समाजसेवा, नेतृत्व विकास तथा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।















