images
images

देवघाटको बजेट ४७ करोड ७३ लाख

images

देवघाट
देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि कूल बजेट ४७ करोड ७३ लाख ७५ हजारको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाकाको सोह्रौं गाउँसभामा मंगलबार गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले आगामी आर्थिक वर्षकोलागि सो बजेट प्रस्तुत गरेका हुन् । कुल बजेट मध्ये चालु तर्फ ३७ करोड ८२ लाख १२ हजार र पुँजीगत तर्फ ९ करोड ९१ लाख ६३ हजार रुपैयाँ बिनियोजन गरेको छ ।
देवघाटले पुर्वाधारको लागि ९ करोड ८३ लाख, आर्थिक विकास तर्फ ८५ लाख ८० हजार, सामाजिक विकास तर्फ २ करोड ७७ लाख ३४ हजार, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ २५ लाख, सुशासन तथा संस्थागत विकास तर्फ ९ करोड ७७ लाख ६१ हजार र संघ र प्रदेश शशर्त तर्फ २४ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
देवघाटले शिक्षा, स्वास्थ्य, पुर्वाधार तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ्गले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS