images
images

अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन, ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्दैछ

images

१८जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट बिजुलीका उपभोक्तालाई भार नपर्ने जिकीर गरेका छन् । साथै उनले ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्ने पनि जानकारी दिएका छन् ।

पोष्ट बजेट सम्बन्धी छलफलमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले बिजुलीमा उपभोक्तालाई अन्तिम भार नपर्ने गरी व्यवस्था गर्न सरकारले सोचिरहेको बताए । तर बिजुलीको भ्याटबाट भने पछि नहट्ने उनले बताए । ‘भ्याट लाग्छ–लाग्छ रिट्रिट हुँदैन तर उपभोक्तालाई मार नपर्ने गरी हामी सोच्दैछौं,’ उनले भने ।

त्यसका लागि महसुल छुट दिने विषयमा विद्युत महसुल आयोगलाई पनि अनुरोध गर्ने उनले बताए । उनले भने, ‘…अन्तिम उपभोक्तालाई मार नपर्ने गरेर कि हामी युनिट बढाइदिन्छौं वा त्यो मूल्यलाई नै समायोजन गरेर..।’

उत्तरदायी सरकारले यसैगरी सोच्ने भन्दै उनले अतिरञ्जना नगर्न आग्रह गरे । कसैले गर्न नसकेको आँट वर्तमान सरकारले गरेको बताउँदै उनले भने, ‘यो देशको दीर्घकालीन हितमा छ ।’

अर्थमन्त्री वाग्लेले ५० लाखभन्दा मुनिको विद्युतीय गाडी (ईभी)को मूल्य घट्ने पनि बताए ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS