images
images

भिमादका युवाहरुले गरे सहयोग हस्तान्तरण

images

तनहुँ,
राधाकृष्ण मन्दिर शान्ति आश्रमद्वारा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय तथा राधाकृष्ण वृद्धाश्रमको सर्वाङ्गीण विकासका लागि भिमाद नगरपालिका–तनहुँस्थित हेल्पिङ्ग हेन्डस भिमादले खाद्यान्न सहयोग प्रदान गरेको छ।

संस्थालाई आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउन विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन्। .आर.एस. दुलेगौंडाबाट रु ६ हजार ५००,मनाेज सेर्चनबाट रु १ हजार र सम्शुल दाइबाट रु ५०० सहयोग प्राप्त भएको जनाइएको छ।

उक्त सहयोग रकमबाट आवश्यक खाद्यान्न सामग्री खरिद गरी गुरुकुल तथा वृद्धाश्रममा रहेका विद्यार्थी र ज्येष्ठ नागरिकहरूलाई वितरण गरिएको आश्रमले जनाएको छ।

यस प्रकारको सहयोगले संस्थाको दैनिक सञ्चालनमा सहजता आएको बताउँदै आश्रमले सहयोगदाताहरू प्रति आभार व्यक्त गरेको छ। साथै, सम्पूर्ण सहयोगीहरूको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना समेत गरिएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS