images
images

सट्टेबाजी एप तथा वेबसाइटहरू बन्द गरिने

images

सरकारले नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी एप (बेटिङ एप) तथा सम्बन्धित वेबसाइटहरूलाई बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यक्रम अन्तर्गत सट्टेबाजी एप तथा सम्बन्धित वेबसाइटहरूलाई २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो

नेपालमा सट्टेबाजी गैरकानुनी मानिँदै आएपनि पछिल्लो समय मोबाइल एप र वेबसाइटहरुमार्फत तीव्र गतिमा यो चलिरहेको छ । नेपालमा विदेशी सट्टेबाजी एप र वेबसाइटहरु पनि सञ्चालनमा आइरहेको छ भने सामाजिक सञ्जालमा पनि बेटिङ सम्बन्धित विभिन्न पेजहरु बनाएर यसको प्रोमोशन भइरहेको छ ।

यस सम्बन्धी कानून स्पष्ट नभएकोले नियन्त्रण गर्नका लागि चुनौती बनिरहेको थियो ।

नेपालमा सञ्चालन हुने विभिन्न खेलकुद इभेन्टहरुमा सट्टेबाजीमा संलग्न भएका व्यक्तिहरु भने प्रहरीद्वारा प्रक्राउ पर्दै आएका थिए । अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS