दमौली , २२ मंसिर ।
नेपाली कम्युनिष्ट पार्टी तनहुँले एकता सभा गर्ने भएको छ ।
पार्टी एकताको सन्देश प्रवाह गर्न मंसिर २६ गते सभाको आयोजना गरिएको नेता सुर्य बहादुर गौलीले बताए ।
गौलीका अनुसार सभालाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय नेता पम्फा भुषाल, हरी बहादुर चुमान,विद्या ढकाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
एकता सन्देश सभा दमौलीमा खुल्ला चौरमा हुनेछ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित बिप्लवका केही नेता नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएका छन् । सभार्मा सहभागी अपिल गरेको नेपाली कम्यूनिष्ट पार्टीका नेता गजेन्द्र पन्थले बताए ।
जिल्लामा अहिलेसम्म कमिटी बिस्तारको काम भएको छैन । तत्कालीन कमिटीहरुकै क्षेत्रभित्रबाट आगामी २६ गतेको एकता सन्देश सभाको प्रचारप्रसारको काम भइरहेको नेपाल कम्युनिष्ट पार्टी, तनहुँका नेता आशा कोइरालाले बताइन् ।














