images
images

कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा अघि बढौँ : झलनाथ खनाल

images

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गरेका छन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने उनले जिकिर गरे ।

नेता खनालले सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गरे । सम्पूर्ण नेपालीको चाहना नेपाली विशेषता सहितको सुन्दर, स्वतन्त्र नेपाल निर्माण गर्ने भएकाले अबका दिनमा त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

सम्मानित नेता खनालले इतिहासमा मालेबाट एमाले बनाएको अवस्थालाई स्मरण गर्दै अबका दिनमा एकीकृत समाजवादीको क्रान्तिकारी धारको लिगेसीलाई पुनः जागृत गर्दै नयाँ पार्टी निर्माण गर्ने बताए। कुनै अर्को पार्टीमा गएर विलय हुने कुरा गलत भएको बताउँदै पार्टी पुनः गठनमा जुट्न आह्वान गरे । अब आफूहरू नयाँ कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अघि बढ्ने दाबी गर्दै सबै प्रकारका हक र अधिकारले युक्त भएका नेपाल निर्माणमा जुट्न उनले आग्रह गरे ।

सम्मानित नेता खनालले आजको विशिष्ट अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थिति बमोजिम नयाँ पार्टी निर्माणमा आफूहरू लाग्ने बताए । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS