images
images

सुनको मूल्य १६ सय घट्यो

images

काठमाडौं । नेपाली बजारमा बुधबार  (भदौ ४ गते) सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य तोलाको एक लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार (भदौ ३ गते) सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला दुई हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS