images
images

तीजको अवसरमा निःशुल्क रक्त परीक्षण र स्वास्थ्य परामर्श सेवा

images

तनहुँ, व्यास । हरितालिका तीजको अवसरमा व्यास–२, श्री टोल दमौलीस्थित शोभा फार्मेसी एन्ड बाराही हेल्थ क्लिनिकले विशेष स्वास्थ्य सेवा घोषणा गरेको छ। क्लिनिकका सञ्चालक सुरेश तिमलसेनाका अनुसार भदौ महिनाभर निःशुल्क मधुमेह (सुगर) परीक्षण र निःशुल्क डाक्टरसँग स्वास्थ्य परामर्श सुविधा उपलब्ध गराइनेछ।

यसका साथै अन्य रक्त, दिशा, पिसाब, खकार र वीर्य परीक्षणमा ५० प्रतिशत छुट दिइने क्लिनिकले जनाएको छ।
नेपाल बैंक लिमिटेड दमौली शाखा अगाडि रहेको हेल्थ क्लिनिकले नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको शुभकामना व्यक्त गर्दै यस कार्यक्रमलाई अघि सारेको हो।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS