images
images

दमौली अस्पतालमा सेवा विस्तारसँगै बिरामीको आकर्षण बढ्यो

images

दमौली, १ भदौ । प्रदेश अस्पताल दमौलीले पछिल्ला तीन वर्षमा सेवा लिने बिरामीको संख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
अस्पतालमा गुणात्मक र मात्रात्मक रुपमा सेवाहरु विस्तार भएसँगै सेवाग्राहीको संख्या बढेको हो । विस्तार भएको सेवाले आर्थिक बर्ष २०८१/ ०८२ मा अस्पतालबाट नयाँ तथा पुराना बिरामी गरी कुल १ लाख ७ हजार ९८३ जनाले स्वास्थ्य सेवा लिएको अस्पताका प्रमुख डाक्टर परिर्वन बरालले बताए । अस्पतालमा आर्थिक बर्ष २०८०/०८१ मा ९८ हजार ३ सय ५६ बिरमीले सेवा लिएका थिए । आर्थिक बर्ष २०७९/०८०मा ७३ हजार दुई सय ६३ जना बिरामीले सेवा लिएको डाक्टर बरालले बताए ।

ओपीडी सेवामा वृद्धि गत आर्थिक वर्ष (श्रावण २०८१ – असार २०८२) मा मात्र नयाँ ओपीडी बिरामी ३६ हजार ६ सय १७ पुगेका छन्। अघिल्लो वर्षको तुलनामा झण्डै ११ हजार बढी नयाँ बिरामी अस्पताल आएका हुन् । दोहोरिएका ओपीडी भेटघाट पनि बढ्दै गएको अस्पतालले जनाएको छ र गत वर्ष दमौली अस्पतालमा ५६ हजार ९सय ३३ बिरामीले दोहोरिएको परामर्श लिएका थिए ।

भर्ना र शल्यक्रिया (अपरेशन) सेवा गत वर्ष २ हजार ११८ बिरामी अस्पतालमा भर्ना भएका थिए। शल्यक्रिया सेवामा पनि अस्पतालले उल्लेख्य प्रगति गरेको देखिन्छ । अस्पतालमा प्रमुख (मेजर) शल्यक्रिया १ सय ६२ जनाले गरेका छन् । भने मध्यम (इन्टरमिडिएट) शल्यक्रिया ८ सय ५८ जनाले गरेको अस्पतालले जनाएको छ । सो अवधिमा अस्पतालमा साना (माइनर) शल्यक्रिया ११ हजार ५ सय ५ जनाले गरेका छन् । अस्पतालमा एक बर्षको अवधिमा कुल १२ हजार ५ सय २५ शल्यक्रिया सम्पन्न गरिएको अस्पताल प्रमुख बरालले बताए । यसअघि २०७९/८० मा १ हजार ६ सय ५८ र २०८०/८१ मा २ हजार ९ सय ४९ शल्यक्रिया मात्र भएका थिए ।

प्रसुति सेवा
अस्पतालले तीन वर्षमा सामान्य प्रसूति, शल्यक्रिया मार्फत हुने (सिजेरियन), र फोर्सेप्स डेलिभरी गरेर कुल १ हजार ७० वटा प्रसूति गराएको छ । २०७९/८० मा ३ सय ६६ , आर्थिक बर्ष २०८०/८१ मा २९८ र २०८१/८२ मा ३६६ प्रसूति गराइएको अस्पतालले जनाएको छ ।

अन्य सेवा
गत वर्ष दमौली अस्पतालमा ३७ हजार ९ सय २९ जनाले विभिन्न प्रयोगशाला परीक्षण (लाब टेस्ट) गरेका छन् भने १६ हजार ९७ जनाले एक्स–रे सेवा उपयोग गरेका छन । यसैगरी ५ हजार ९ सय १९ जनाले अल्ट्रासाउन्ड र ४ हजार २ सय १९ जनाले ईसीजी सेवा लिएका छन् । अस्पतालका अनुसार स्वास्थ्य सेवा विस्तारसँगै नयाँ बिरामीको आकर्षण बढेको छ भने शल्यक्रियामा विशेष प्रगति हासिल भएको को अस्पतालका लेखा प्रमुख गणेश बास्तोलाले बताए ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS