images
images

प्रचण्ड-माधवबीच दुई दिन निरन्तर छलफलपछि समाजवादी मोर्चाको बैठक बोलाइयो

images

काठमाडौं । समाजवादी मोर्चा नेपालले बैठक बोलाएको छ। आज दिउँसो ३ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, मोर्चाको आगामी गतिविधिलगायतका विषयमा छलफल हुने जनाइएको छ।

मोर्चाको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसहित दुई दलका शीर्ष नेताहरुबीच दुई दिन छलफल भएको थियो।

मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले पनि प्रचण्ड माधवसहित दोस्रो तहका नेताहरूसँग छलफल गरेका थिए।

माओवादी, नेकपा एस, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपा सहभागी मोर्चालाई एउटै पार्टी रूपान्तरण गर्ने गरी छलफल चलिरहेको बताइन्छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS