images
images

मणिपुरमा राष्ट्रपति शासन थप ६ महिनाका लागि बढ्यो

images

काठमाडौं : भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिनाको लागि बढाउने निर्णय गरिएको छ। राज्यसभाले सूचना जारी गर्दै यो आदेश अगस्ट १३, २०२५ देखि लागू हुने जनाएको हो।

आधिकारिक सूचनामा भनिएको छ,‘यो सदनले संविधानको धारा ३५६ अन्तर्गत मणिपुरको सम्बन्धमा १३ फेब्रुअरी, २०२५ मा राष्ट्रपतिद्वारा जारी गरिएको घोषणालाई १३ अगस्ट, २०२५ देखि ६ महिनाको अवधिका लागि निरन्तरता दिन अनुमोदन गर्दछ।’

फेब्रुअरी १३ मा एन बिरेन सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि मणिपुरमा राष्ट्रपति शासन लागू गरिएको थियो।

राज्यमा मे २०२३ देखि जातीय द्वन्द्व चलिरहेको छ। त्यहाँ अझै स्थायी शान्ति स्थापित भएको छैन।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS