काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले वातावरणमैत्री विकास आवश्यक रहेको बताएका छन् ।
सिंहदरबारमा शुक्रवार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको भन्दै त्यसमा विशेष ध्यान दिनुपर्ने बताए ।
उनले नेपालले जलवायु परिवर्तनका निम्ति असर पर्ने काम कम गरेपनि त्यसको प्रत्यक्ष प्रभाव बढी व्यहोरिरहेको बताए । सडकमा उत्पन्न समस्याको समाधान कसरी गर्ने रु भन्नेमा अहिले केन्द्रित हुन जरुरी रहेको उनले बताए ।
सांसद बस्नेतले सरकारले कति गर्न सक्छ त्यति मात्रै गर्नुपर्ने बताए । लागू नहुने कुरा गरेर त्यसमै रमाएर बस्ने कुरा राम्रो नभएको उनले बताए ।-रातोपाटी








